
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १२ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीसँगै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि खेल हेर्दा शुल्क लाग्ने छैन । यसअघि भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए । भद्रपुर नगरपालिकामा सबै तहका गरेर…
झापा, १२ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयको वार्षिकोत्सव शुरु भएको छ । विसं. २०१४ माघ १२ गते श्रीपञ्चमीकै दिन स्थापना भएको त्रिभुवन माविको आज श्रीपञ्चमीकै दिन वार्षिकोत्सव कार्यक्रम शुरु भएको हो । वैदिक विधिबाट सरस्वती पूजा तथा बालबालिकालाई अक्षरारम्भको शुरुवात गरी विद्यालयको ६६ औं वार्षिकोत्सव शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले रहनुभएको थियो । आजदेखि शुरु भएको वार्षिकोत्सव विविध कार्यक्रमका साथ माघ १९ गते समापन हुने विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिनुभयो । साताव्यापी वार्षिकोत्सव कार्यक्रम अन्तरगत माघ १६ गतेसम्म…
भद्रपुर, १२ माघ । झापाको भद्रपुर नगरपालिका–६ मा १२ विपन्न आदिवासी परिवारको घर निर्माण शुरु भएको छ । सामाजिक व्यक्तित्व दीनबन्धु गोयलले आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा आदिवासी समुदायको घर निर्माण गरिदिने भएपछि उनीहरुको घर निर्माण शुरु भएको हो । आज एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष रतिया राजवंशी लगायतले घरको शिलान्यास गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद भएको बताउँदै दाताप्रति आभार व्यक्त गर्नुभयो । “भद्रपुरमा विशेष गरी शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “सामाजिक कार्यमा उहाँको यात्रा अविछिन्न रहोस् ।” उपप्रमुख कार्कीले सबै…
बिराटनगर, १२ माघ । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–३ ढाट स्थितमा को ३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक धरान उप महानगरपालिका ८ सुनसरीका ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो भने सोही दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को २ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाइते भएका सहचालक सुन्दरहरैचा–७ का २२ वर्षीय श्यामबहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा…
बुद्धशान्ति, १२ माघ । झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका वालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरुभएको बताउनु भएको छ । त्रिभुवन माविकोे ६६ औँ वार्षिकोत्सवमा आज प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै वडाध्यक्ष वाग्लेले सो बताउनु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका सामुदायिक विद्यालय (नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श मावि बाहेक) का वालकक्षालाई यस वर्ष सुविधायुक्त वनाउने गरी वडाले वजेट विनियोजन गरेको र सोहि अनुरुप काम सुरुभएको वाग्लेले बताउनु भयो । नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श माविको वाल कक्षा व्यवस्थित रहेको छ…
उर्लाबारी, १२ माघ । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए । साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसरी मिक्लाजुङ भइसकेपछि त्यहाँका स्थानीयवासीले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन पनि मधुमल्ला झर्नुपर्ने बाध्यता उनीहरुमा आयो । पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका क्षेत्रमा बसोवास गर्ने नागरिकले…
झापा, १२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ…
कपिलवस्तु, १२ माघ । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ । चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उहाँ झसङ्ग हुनुभएको थियो । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उनले आचार्यको खोजी सुरु गरे । नगरपालिकाको वडा नं। ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उनले पति देउमन बुढाले पैसा लिएको…
झापा, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ । पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले बताए । एकीकृत समाजवादीका एक नेताले भने– ‘नेकपा एससँग पार्टी एकताका लागि छलफल गरेर दस्तावेज अध्ययनमा लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर शनिबार एमाले अध्यक्ष ओलीले सरकारमा सहभागिताका विषयमा किन छलफल गर्नुभयो रु’ एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको ओलीको भनाइ रहेको…
झापा, १२ माघ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, हालसम्म कर नतिरी सञ्चालन भइरहेका क्रसर तथा खानी उद्योगलाई आगामी असारसम्म कर तिर्ने सर्तमा मात्र खोल्न एवं सञ्चालन अनुमति दिइएको छ । अझै दर्ता नगरी चलाइएका क्रसर उद्योग भने सधैंका लागि बन्द गरिने अडानमा सरकार छ । मन्त्रिपरिषद् बैठकले यसअघि दर्ता नभई चलेका क्रसर…