झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २४ पुस । बिर्तामोड नगर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको मरेका माछा आज खाल्डो खनेर पुरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका र मागुर माछा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको भए पनि लुकिछिपी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा नगर प्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र स्थानिय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरीएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानिगर्ने विषादी हालिएका मरेका माछा विक्री वितरणमा रोक लगाएको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने…

Read More

झापा, २४ पुस । वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार व्यक्तिहरुको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको पुनः एकीकरण कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र बिर्तामोड नगरपालिकाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले यस प्रकारका कार्यक्रमहरुबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय स्रोत साधन र सीपलाई प्रयोग गरेर सबै जना व्यावसायिक बन्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै, कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आफूसँग सीप र ज्ञान भयो भने मात्रै उत्पादनमुखी क्षेत्रमा लाग्न सकिने धारणा राख्नुभयो ।…

Read More

भद्रपुर, २४ पुस । झापाको भद्रपुरका दुई विद्यालयका विद्यार्थीलाई व्यागसहित शैक्षिक सामग्री र जुस–विस्कुट वितरण गरिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा लायन्स र लियो क्लब अफ काठमाडौं सेन्टरको सहकार्यमा भद्रपुरको शारदा आधारभूत विद्यालय र पशुपति प्राथमिक विद्यालयलाई ती सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका २ सय ५० बढी विद्यार्थीलाई स्कूल व्याग, कपि, इरेजर, पेन्सिल, रूलर, कलर पेन्सिल, लगायत शैक्षिक सामग्री सहित मेङ्गो जुस र बिस्कुट वितरण गरिएको थियो । लायन्स क्लब काठमाडौंको “एक विद्यार्थी–एक कार्यक्रम” अभियान अन्तर्गत यस पटक तराई क्षेत्रका विद्यालयलाई व्याग वितरणको लक्ष्य राखेर भद्रपुरका यी विद्यालय छनौट गरिएको लायन्स क्लब अफ काठमाडौंका…

Read More

विराटनगर, २४ पुस । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा आजका मितिसम्म सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएपछि बसेको मन्त्रिपरिषद् बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावबमोजिम मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रदेश नं. १ मा राजेन्द्रकुमार राई मिति २०७८ कात्तिक १६ गते…

Read More

भद्रपुर, २४ पुस । ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सञ्चालन गरेको छ । पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्य बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सञ्चालन गरिएको हो । प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सरकारी कार्यालयका प्रमुख तथा…

Read More

झापा, २४ पुस । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए । सत्ता गठबन्धन दलको मुख्य घटक एमाले र माओवादीबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जनाएका छन् । यो सहमति पालना भएमा आगामी साढे दुई वर्षपछि पाँचौं मुख्यमन्त्रीको रुपमा प्रदेश १ ले उनै आङ्बोलाई पाउने निश्चित छ । कोे हुन् हिक्मतकुमार कार्की ?वि. स. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर…

Read More

प्रकाश उप्रेतीमेचीनगर, २४ पुस । वनका उपभोक्तालाई समान ब्यवहारको माग गर्दै संघर्षमा उत्रेको समितिले झापाको मेचीनगर(१३ को हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभा अवरुद्ध गरेको छ । वनले बिहीबारको चुनावी साधारण सभाको तयारी गर्दै मंगलबार उपभोक्तालाई जानकारी गराउन माइकीङ गरेको थियो । तर, बुधबार वन पदाधिकारी, वडाध्यक्ष र जिल्ला डिभिजन वन कार्यालयका पदाधिकारीबिच बसेको भेलामा संघर्ष समितिलेसमस्या सामाधानको माग अघि सारेपछि अनिश्चितकालीन रुपमा चुनावी साधारण सभा अवरुद्ध भएको हो । वनको संरक्षण र उपभोग गर्ने बिषयमा सबै उपभोक्ताको समान अधिकारको बिषय उठाएपछि जिल्ला डिभिजन वन कार्यालयले वार्ताको माध्यमबाट समस्याको सामाधान गर्ने भन्दै तोकिएको सभा रोक्न समितिलाई आदेश गरेको थियो…

Read More

झापा, २४ पुस । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । झापा गौरादहका कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन् । १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले बताएका छन् । रातोपाटीबाट

Read More

त्रिशूली, २४ पुस । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी…

Read More

बिर्तामोड, २४ पुस । झापाको बाह्रदशी गाउँपालिकाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । शनिबार प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरी टोलीले बाह्रदशी–३ जवेगुडाँडाबाट सखुवा जातको काठ १७.२५ क्युफिट बेवारिसे अवस्थामा फेला पारी आवस्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएको छ ।

Read More