झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० बैशाख । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ। कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई(४…

Read More

झापा, ३० बैशाख । सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ । अतिरिक्त समूहमा रहेका कर्मचारीले हाजिर गर्ने र कामै नगरी त्यसै घर फर्केरै १० करोड ४७ लाखभन्दा बढी रकम सकाएका हुन् । यद्यपि, सो रकम कर्मचारीको तलबमा खर्च भएको हो । अतिरिक्त समूहमा राखिएकाले कामबिना नै तलब बुझ्ने गरेका छन् । सरकारले विभिन्न बहानामा सयौं कर्मचारीलाई अतिरिक्त समूहमा राख्ने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा ती कर्मचारीले कामै नगरी १० करोड ४७ लाख बढी रकम सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । त्यसरी अतिरिक्त समूहमा राखिएकाहरूले कुनै काम गर्दैनन्…

Read More

झापा, ३० बैशाख । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारीको सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन् । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन् । उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन् । बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव…

Read More

झापा, ३० बैशाख । जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन्। दाहालले बुधबार भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, निमित्त भूमि व्यवस्था सचिव पीताम्बर घिमिरे तथा भूमि व्यवस्थापन विभाग र नापी विभागका महानिर्देशक पद्मनिधि सोती र जनक जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएर कित्ताकाटलाई सरल बनाउन भूमिसम्बन्धी नियमावली, २०७९ संशोधनका लागि प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए। स्रोतका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउन कित्ताकाटसम्बन्धी कानुनलाई खुकुलो बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘प्रधानमन्त्रीज्यूको चासो अर्थतन्त्रलाई चलायमान गराउन कित्ताकाटलाई सरल बनाउनुपर्‍यो भन्ने…

Read More

भद्रपुर, ३० बैशाख । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित गरेको हो । यसैगरी, बैठकले खड्क लिम्बूलाई विशिष्ट सदस्य मनोनित गरेको छ भने ढकबहादुर विष्ट (जीवन)–लाई मानार्थ सदस्य तथा माधव विद्रोही, रियाज ढकाल, टिका काम्बाङ र सञ्जय घोषलाई सदस्य पदमा मनोनित गरेको छ । यसैगरी, झापा उद्योग वाणिज्य संघ, शाखा गौरीगञ्जका अध्यक्ष पदेन सदस्यको रुपमा कार्यसमितिमा रहनेछन् । संघका नवनिर्वाचित अध्यक्ष प्रज्वल राईको अध्यक्षतामा बसेको बैठकले सदस्यता विस्तार अभियान सञ्चालन गर्नेलगायतका विभिन्न…

Read More

दमक, ३० बैशाख । झापा दमकका युवा व्यवसायी बिष्णु साहले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यन्न तथा दैनिक उपयोगी सामान सहयोग गरेका छन् । साह पत्नी सीतादेवीसहितले झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर सो सहयोग हस्तान्तरण गरेको छ । आफु काम गर्न नसक्ने भएपछि बृद्धा आमा साहरामा बाँचेका गणेशको परिवारलाई लायन्स क्लव अफ झापा दमकको संयोजनमा ५० केजी चामल, दाल, तेल, नुन साबुन लगायतका दैनिक आवश्यकीय सामाग्रिहरु उपलब्ध गराएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए । करिब दुई बर्ष अघिदेखि घुँडामा टयुूमर पलाएर बिरामी परेका गणेशको उपचार तथा दैनिक जिवनयापन कष्टकर रहेको बुझेपछि यो सहयोग…

Read More

विराटनगर, ३० बैशाख । नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारवाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताए । उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसा पनि व्यक्त गरे । कोणसभालाई…

Read More

सन्तोष शर्माभद्रपुर, २९ बैशाख । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्ष २०७९÷०८० को नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । यो नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहेको छ । यता, मेची भन्सारले राजश्व संकलनको लक्ष्यसमेत पूरा गर्न सकेको छैन । सरकारले दिएको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजश्व संकलन गरेको छ…

Read More

झापा, २९ बैशाख । उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ वर्षीय डिकबहादुर लुङ्गेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो गाइघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २९ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा धमाधम विद्युतीकरणको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा वडा कार्यालयले वडा क्षेत्रमा विद्युत् समस्या समाधान गर्न धमाधम विद्युतीकरणको कार्य गरिरहेको वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । “वडाले विद्युत् समस्या समाधानलाई प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “सोही अनुरुप काम अघि बढाएका हौं, वडाको विद्युत् समस्या समाधानमा करिब ९० प्रतिशत सफलता मिलिसकेको छ ।” चालू आर्थिक वर्षमा वडाले विद्युत् समस्या समाधान गर्न रू ८ लाख बजेट समेत विनियोजन गरेको थियो । वडा र गाउँपालिकाले पोल लगेको ठाउँमा तार विस्तार, पोल नभएको ठाउँमा पोल राख्ने काम भएको छ । प्राधिकरणले २३…

Read More