झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुर्खेत, १७ जेठ । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन् । खाना खाएको अझै १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिल लेखा शाखामा पुगेको छ। जनप्रनिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च भनी यो परिणामको बिल पुगेर केही भुक्तानी भएको छ भने केही तिर्न बाँकी रहेको छ। उता जनप्रतिनिधिले दुईवटा नगरसभामा २ लाख ७० हजारको नास्ता तथा कलम, कापी गरेर १ लाख ७० हजार मात्र खर्च भएको बताएका छन् ।कर्मचारीको मिलेमतोमा होटल व्यवसायीले भारी मात्राको बिल बनाई कार्यालयमा पेश गरेर भुक्तानी दिएको छेडागाड नगरपालिका…

Read More

भद्रपुर, १७ जेठ । झापाको मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको छ । मंगलबार राति मेचीगर नगरपालिका–६ साठीबिघाबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कागज पत्र नभएको करिब २ लाख ५५ हजार बराबरको ४५० केजी सुपाडी बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

Read More

झापा, १७ जेठ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी…

Read More

झापा, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि ? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ! काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन् । घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन् । यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए । केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन् । ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो…

Read More

झापा, १७ जेठ । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो । यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र कुल खर्च, लगानीसहित सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएको आयोगको प्रवक्ता भोला दाहालले बताउनुभयो । आयोगका अनुसार यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए ।…

Read More

झापा, १७ जेठ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ । यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ । २०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको…

Read More

झापा, १७ जेठ । प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ। वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन। यो सटहीको विषय नै छाायाँमा पर्‍यो। सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता गरिरहँदा विषय नै सेलाएको छ। यद्यपि सरकारी तह परराष्ट्र मन्त्रालय, गभर्नरको तहबाट पहल निरन्तर भैरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। तर, यो एक्सनमा…

Read More

झापा, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन् । आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो । प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ…

Read More

एउटा यस्तो अनौठो जेल भित्रको यथार्थ सार्वजनिक भएको छ, जसको बारेमा सायदै कसैले सुनेको होला । त्यहाँ मानिसहरुलाई यस्तो यातना दिइन्छ कि उनीहरु आफैंले आफ्नो मृत्युको लागि भिख माग्न थाल्छन् । यो कथा एउटा रुसी जेलको हो । उक्त जेलमा युक्रेनी बन्दीहरुलाई राखिएको छ । जबदेखि रुसले युक्रेनमाथि आक्रमण गर्यो, त्यसयता हजारौँ युक्रेनी नागरिकहरुलाई पक्राउ गरी रुसले संसारकै खतरनाक जेलमा राखेको बताइन्छ । डेलीस्टारको रिपोर्ट अनुसार उक्त जेलको नाम ‘सिम्फरोपोल डिटेन्सन सेन्टर’ हो । अलेक्जेन्डर टाकारोभ त्यहाँ सन् २०२२ को मे महिनामा कैद गरिएका थिए । उनै टाकारोभले क्रेमलिन तथा रुसको विरोध गर्ने एक न्यूज वेबसाइटमा सो जेलका बन्द ढोकाहरु…

Read More

झापा, १६ जेठ । महोत्तरीको औरही गाउँपालिका–२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बैंकबाट ३८ लाख रूपैयाँ लुटेर लगेको नेपाल प्रेसलाई बताए । उनले भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । खोजी गरिरहेका छौं ।’ लुटपाटपछि बैंक बन्द गरिएको छ ।

Read More