
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, २४ साउन । झापाको कनकाईमा ‘लियो दुर्गापुर प्रथम कनकाई नगर वडास्तरीय नक आउट फुटबल प्रतियोगिता-२०८२’ हुने भएको छ । लियो क्लब अफ कनकाई दुर्गापुरको आयोजनामा यही असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । कनकाई-१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समितिको खेल मैदानमा प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युवाहरूमा खेलप्रतिको रुची जगाउन, शारीरिक स्वास्थ्य सुधार गर्नु र सहकार्य, अनुशासन तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक रिजन तिम्सिनाले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद रु २५ हजार ११५ र उपविजताले रू १५…
बिर्तामोड, २४ असोज । विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। पाँचौँ अधिवेशनले उनलाई सन् २०२५–२०२७ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। झापा बाह्रदशी गाउँपालिका–५ डाँगीबारीका चम्लागाईं विगत तीन दशकदेखि कतारमा व्यवसायमा सक्रिय छन्। चम्लागाईं यसअघि अन्तर्राष्ट्रिय झापाली समाजको वरिष्ठ उपाध्यक्ष थिए। अधिवेशनको अवसरमा ‘स्मारिका २०८२’ सार्वजनिक गरिएको थियो। समाजअन्तर्गत हाल ४० राष्ट्रिय समिति क्रियाशील छन्। सन् २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरका झापालीहरूलाई एकजुट गर्दै सामाजिक, सांस्कृतिक र व्यावसायिक गतिविधिमा योगदान पुर्याउँदै आएको छ। निर्वाचित कार्यसमितिको नामावली अधिवेशनपछि सार्वजनिक गरिने जनाइएको छ।
एजेन्सी, २४ असोज । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ । भूकम्पको केन्द्र रहेको मिन्डानाओ क्षेत्रदेखि करिब ३०० किलोमिटर टाढा इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि दिइएको हो । ज्वालामुखी तथा भूकम्प सम्बन्धी संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै उच्च क्षेत्र तरी जान आग्रह गरेको छ ।
झापा, २४ असोज । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरिसकेको छ । हिजो जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपालले एक स्थान पार गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ । लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको…
काठमाडौं, २४ असोज । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । २२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२…
काठमाडौँ, २४ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालय सो निर्णय गरिएको जानकारी दिएको हो । मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ स्‘नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड ९त० ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’
बारा, २४ असोज । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । गोसाईं असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका…
कनकाई, २४ असोज । झापाको कनकाईबाट प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक प्रकाशनको आठौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाको वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै कनकाई खबरका सम्पादक एवं प्रकाशक रामप्रसाद निरौलाले संघर्षपूर्ण चुनौतीहरु पार गर्दै आठौं वर्षमा प्रवेश गरेको यो सुखद अवसर केवल संस्थाको प्रगति मात्र नभएर स्थानीय पत्रकारिताको निरन्तरता र जनविश्वासको प्रतीक पनि भएको बताएका छन् । २०७४ मा जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछिको अवस्थामा स्थानीय स्तरका गतिविधिलाई संचारको माध्यमबाट तत्काल सार्वजनिक गर्नु पर्ने आवश्यक्ताको महसुश गर्दै २०७५ बाट साप्ताहिकको रुपमा कनकाई खबरको सुरुवात भएको सम्पादक निरौलाले बताएका छन् । कनकाई खबर साप्ताहिक आजको अवस्थासम्म आइपुग्दा डिजिटल रुपमा…
झापा, २४ असोज । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजहरुको साथबाट लुकाईछीपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
दमक, २४ असोज । झापाको दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रको एक टहरामा अन्दाजी ५०–५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्। आज टिनको छानो भएको गाईवस्तु राख्ने टहराको पानी खाने नालीभित्र एक पुरुषको शव रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा मृतकको दाहिने गालामा धारिलो हतियारको प्रहार भएको जस्तो देखिएको छ । घटनास्थलमा कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।