
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सिराहा, २६ चैत । सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका वडा नं. १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत चैत २४ गते साँझ करिब ७?०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१.००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो। मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र…
फुङलिङ, २६ चैत। ताप्लेजुङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर मृत्यु भएको हो । बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा गुरुङ आफ्नै घरमा भर्याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्नु भएको थियो । लड्दा उहाँको टाउकोमा गहिरो चोट लागेको थियो । घटना लगत्तै परिवारले उहाँलाई उद्धार गरी करिब ४ बजे जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पुर्याउनुभएको थियो । उपचारको क्रममै बेलुका करिब ८ बजे उहाँको मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा सङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ। मृतकको शव हाल जिल्ला…
झापा, २६ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८७५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो…
झापा, २६ चैत । पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ । अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।
देवेन्द्र के. ढुङगाना सिक्किम र दार्जिलिङ क्षेत्र नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उर्वर भूमिका रूपमा दीर्घकालदेखि परिचित रहँदै आएको छ। यही भूमिमा हुर्किएको सांस्कृतिक चेतना केवल भौगोलिक सीमाभित्र सीमित छैन, यसले विश्वभर फैलिएको गोर्खा समुदायको पहिचान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। यसै सन्दर्भमा जीवन शर्मा समकालीन समयका त्यस्ता बहुआयामिक स्रष्टा हुन्, जसले परम्परागत धरोहरलाई जोगाउँदै आधुनिक युगसँग संवाद गर्ने सृजनात्मक पुल निर्माण गरेका छन्। लेखक ढुङ्गाना जीवन शर्माको परिचय केवल गायक वा संगीतकारका रूपमा सीमित छैन। गीतकार, उपन्यासकार, सांस्कृतिक अभियन्ता र प्रशासनिक जिम्मेवारी वहन गर्ने व्यक्तित्वका रूपमा उनको बहुआयामिक उपस्थिति उल्लेखनीय छ। सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा महाप्रबन्धकको जिम्मेवारी…
झापा, २६ चैत । झापाको शिवसताक्षी नगरपालिका-७ स्थित लालपानीमा आगलागी भएको छ । बुधबार राति ७:३० बजे शिवसताक्षी-७ लालपानीका ४५ वर्षीय घनश्याम खतिवडाको टिनको छानो, बासको टाटिबेरा भएको पुरानो खाली एकतले घरमा बिजुलीको तार सट भई अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नेपाल प्रहरी, स्थानीय मानिस र शिवसताक्षी नगरपालिका दमकलको सहयोगमा ८:२० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागिबाट घरभित्र रहेको फर्निचर लत्ताकपडा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
झापा, २६ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।…
झापा, २६ चैत । पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका मेयर राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा गएको टोलीसँगको भेटमा मेयर थापाले सन्तुलित, विश्वसनीय र जवाफदेही पत्रकारिता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । उनले पत्रकारहरूले व्यावसायिक धर्मपालन, तथ्य पुष्टि र सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । ‘पत्याउनै नसकिने खालका अनर्गल सामग्रीले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ’, उनले भने, ‘यसतर्फ महासंघले पनि गम्भीर ध्यान दिनुपर्छ ।’…
झापा, २५ चैत । झापाको अर्जुनधारा नगरपालिकाले आज बजार अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन संयोजक खड्गमाया पराजुलीको नेतृत्वमा आज बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद गुज्रिएका खाद्य वस्तु, लेबल बिनाका खाद्य सामग्री बरामद गरिएको छ । बजारलाई व्यवस्थित गर्न बजार अनुगमन निरन्तर गरिँदै आएको उपप्रमुख पराजुलीले बताउनुभयो । बजार अनुगमनमा लेबलबिनाका र अखाद्य वस्तु फेला परेकाले नियमअनुसार जफत गरिएको उहाँले बताउनुभयो । जफत गरिएका वस्तु आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने उहाँले बताउनुभयो । उपभोक्ताको माग र चाहना अनुसार बजार अनुगमनलाई तीव्रता दिइने जनाइएको छ । बजार अनुगमन टोलीमा सुभाष चन्द्र…
झापा, २५ चैत । झापाको अर्जुनधाराको सिरक गोदाममा भीषण आगलागी भएको छ । आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा-११ का नुर मोहम्मदले सञ्चालन गरेको सिरक गोदाममा आज दिउँसो करिब १२ बजे आगलागी भएको थियो । आग लागे दिउँसो करिब २:२५ मा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागि इलाका प्रहरी कार्यालय अनारमनी बाटो खटिएको प्रहरी टोली चारआलीस्थित नेपाली सेना टोली, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्पबाट खटिएको टोलि, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानीयबासी सहयोगमा आगो पूर्ण रुपमा…