
झापा, २६ चैत । झापाको शिवसताक्षी नगरपालिका-७ स्थित लालपानीमा आगलागी भएको छ ।
बुधबार राति ७:३० बजे शिवसताक्षी-७ लालपानीका ४५ वर्षीय घनश्याम खतिवडाको टिनको छानो, बासको टाटिबेरा भएको पुरानो खाली एकतले घरमा बिजुलीको तार सट भई अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाल प्रहरी, स्थानीय मानिस र शिवसताक्षी नगरपालिका दमकलको सहयोगमा ८:२० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागिबाट घरभित्र रहेको फर्निचर लत्ताकपडा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


