
झापा, २६ चैत । पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।
अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


