झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ चैत । नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन…

Read More

झापा, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै…

Read More

झापा, २५ चैत । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित संगिता ठ्याक क्षेत्रमा पैदल हिँडिरहेका एक युवकलाई शंका गरी तलासी गर्दा लागुऔषध बरामद गरेको छ। प्रहरीका अनुसार कमल गाउँपालिका–६ बस्ने २४ वर्षीय नवराज भट्टराईको शरीर तलासी गर्दा प्लास्टिकमा राखिएको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ ६ ग्राम ७५० मिलिग्राम फेला परेको हो। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड, २५ चैत । झापाको बिर्तामोड नगरपालिका-४ मा घरबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड-२ चैतुबारीका ४० वर्षीय शंखर किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत चैत १६ गते बिर्तामोड-४ पुरानो बिजुलि अफिस छेउस्थित डम्बरबहादुर श्रेष्ठको निर्माणधिन २ तले पक्कि घरमा काम गर्दै आएका किस्कु काम गर्ने क्रममा घरको २ तल्ला माथिबाट लडेर गम्भीर घाइते भएका थिए । बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचार पश्चात मिति चैत २३ गते डिस्चार्ज भई घर गएकोमा चैत २४ गते मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले आवश्यक कानुनि प्रकृया पुरा गरी मृतक…

Read More

भद्रपुर, २४ चैत । नेपाल सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर एकाइ समितिले भू–सेवा बन्द गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्ने निर्देशन दिएपछि झापास्थित मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएको छ। यस कदमलाई व्यवसायीहरूले पेसागत अधिकारमाथि हस्तक्षेप भन्दै विरोध गरेका छन्। समितिले सोमबार दिउँसो १२ बजेदेखि सेवा बन्दको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। अध्यक्ष निरोज पोखरेल र सचिव मुरारी न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखापढी व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी अनुमति प्राप्त गरी पेसा सञ्चालन गर्दै आएको उल्लेख छ। व्यवसायीहरूले राज्यका न्यायिक तथा अर्धन्यायिक…

Read More

महोत्तरी, २४ चैत । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा…

Read More

झापा, २४ चैत । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा र चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज सामान्यले बढेको हो ।

Read More

झापा, २४ चैत । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन्।

Read More

लन्डन, २४ चैत । इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च नेता मोजताबा खामेनेई बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ । द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ । प्रतिवेदनअनुसार खामेनेई कोममा उपचाररत रहेको र उहाँ हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन…

Read More

काठमाडौँ, २४ चैत । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ । सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज,…

Read More