
बिर्तामोड, २५ चैत । झापाको बिर्तामोड नगरपालिका-४ मा घरबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड-२ चैतुबारीका ४० वर्षीय शंखर किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत चैत १६ गते बिर्तामोड-४ पुरानो बिजुलि अफिस छेउस्थित डम्बरबहादुर श्रेष्ठको निर्माणधिन २ तले पक्कि घरमा काम गर्दै आएका किस्कु काम गर्ने क्रममा घरको २ तल्ला माथिबाट लडेर गम्भीर घाइते भएका थिए ।
बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचार पश्चात मिति चैत २३ गते डिस्चार्ज भई घर गएकोमा चैत २४ गते मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले आवश्यक कानुनि प्रकृया पुरा गरी मृतक शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोष्टमार्टम पश्चात उनको शव छोरा दुर्गा किस्कुले जिम्मा बुझेर गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


