
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, १८ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका चारवटा पालिकाका विद्यालयहरुमा आजदेखि बिदा दिइएको छ । कचनकवल , मेचीनगर, भद्रपुर र हल्दिबारीले आफ्ना पालिकाभित्रका विद्यालयहरुमा आजदेखि बिदा दिएका हुन् । कचनकवल र हल्दिवारीले पाँच दिनसम्म तथा मेचीनगर र भद्रपुरले आज र भोलि दुई दिनसम्म विदा दिएका हुन् । त्यस्तै, कनकाई, बिर्तामोड, शिवशतासी, बाह्रदशी ,गौरादह र झापा गाउँपालिकाले भोलिदेखि बिदा दिने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बिदा दिइएको पालिकाहरुले जनाएका छन् । कनकाईका विद्यालयहरुको समय परिवर्तन हुनसक्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताईरहेका बेला…
अर्जुनधारा, १९ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्री व्यवस्थित तवरले मात्र ढुवानी गर्न दिने भएको छ । सडकमा असुरक्षा बढेको भन्दै नगरले नदीजन्य सामग्री ढुवानीमा कढाई गर्ने भएको हो । ब्यवसायीले अब नदीजन्य सामग्री नगरका सडकबाट पानी चुहाउदै ढुवानी गर्न पाउने छैनन् । यसअघि ब्यवसायीले त्यो प्राबधान पालना गर्नु परेको थिएन । खासगरी ट्याक्टर र ट्रिपरले नदीजन्य सामग्री ढुवानी गर्दा पानी जम्मा हुने प्रविधि जडान गर्नु पर्नेछ । ‘यो प्रविधि जडानका लागि ब्यवसायीलाई तीन महिनाको समय उपलब्ध गराएका छौ’, नगरप्रमुख बलदेब सिंह गोम्देनले भने, ‘त्यस अवधिमा उहाँहरुले यो काम गरेर नगरपालिकाको योजनामा सहयोग गर्नुहुनेछ, अन्यथा हामीले ट्राफिक प्रहरीलाई यस…
झापा, १८ जेठ । सुनसरी र इलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधबार साँझ नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१७ का ३४ वर्षीय मनिष पाण्डे, धरान–११ का ३५ वर्षीय सूर्यकुमार राई, झापा गौरीगञ्जकी ३२ वर्षीया बबिता राजवंशी र दमक नगरपालिका–२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध…
कनकाई, १८ जेठ । अत्याधिक गर्मीका कारण झापाको कनकाईका विद्यालयहरुको समय परिवर्तन हुनसक्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि कनकाई नगरले विद्यालयको समय परिवर्तन गर्नेकी केही दिन छुट्टी नै गर्ने हो कि भन्ने विषयमा अनौपचारिक छलफल भईरहेको नगर पोखरेल जानकारी दिनुभयो । सोही विषयमा छलफल गर्न भोलि शुक्रबार नगरको शिक्षा शाखाले बैठक बोलाएको शिक्षा शाखा प्रमुख पिताम्वर गौतमले जानकारी दिनुभयो । सोही विषयमा आज पनि नगरका शिक्षा र नगरभरिका सामुदायिक विध्यालयका शिक्षकबिच छलफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिनुभयो । हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर…
बनियानी, १८ जेठ । अत्याधिक गर्मी बढेपछि झापा कचनकवल गाउँपालिकाका सबै सामुदायिक विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ । अत्याधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या भएकाले सबै सामुदायिक विद्यालयमा पाँच दिन बिदा दिइएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरामकुमारी यादवले जानकारी दिनुभयो । गाउँपालिकाको बैठकले जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । बर्षे बिदाबाट कटौती गर्ने गरी बिदा दिइएको हो । अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशीले बताउनुभयो । गर्मीका कारण विद्यार्थीमा वान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको समेत उहाँको भनाइ छ ।
झापा, १८ जेठ । भारतको नयाँदिल्लीस्थित शाहबाद डेयरी क्षेत्रमा एक किशोरीको हत्या भएको छ। हत्याको भिडिओ सीसीटीभी फुटेजमा कैद भएको छ। जहाँ एक किशोरले १६ वर्षीया किशोरीको चक्कु रोपी रोपी हत्या गर्छन्। गएको आइतबार बेलुका ८स्४५ मा शाहबादको एक गल्लीमा युवती हिँडिरहेकी छन्। त्यहाँ पहिल्यैदेखि पर्खिरहेका साहिल खानले १६ वर्षीया साक्षीलाई अचानक चक्कु प्रहार गर्न थाल्छन्। १६ पटकसम्म चक्कु प्रहार गरेपछि ती युवकले उनीमाथि ढुंगाले पनि प्रहार गर्छन्। सीसीटीभी फुटेजमा देखिएअनुसार प्रत्यक्षदर्शीहरूले युवकले गरिरहेको आक्रमण देख्छन्, हेर्छन्, कुनै हस्तक्षेपबिना अघि बढ्छन्। करिब डेढ मिनेटको उक्त भिडिओमा एक युवकले उक्त आक्रमण रोक्न खोज्छन्, तर त्यहाँ जम्मा भएको अरु कोही मान्छेले ती…
झापा, १८ जेठ । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत धौला पुलनजिक रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी भेटिएपछि पेट्रोल पम्पमा सिल गरिएको छ । नेपाल आयल निगम चारआलीका प्रमुख भीम विश्वकर्मा ,जिल्ला प्रशासन कार्यालयका यदुनन्दन दाहाल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, गुणस्तर तथा नापतौल कार्यालयका विजयानन्द चौधरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बू , हवाई डीपो चन्द्रगढीका कपिलदेव शाह, मेची पेट्रोलियम डिलर एसोसिएसनका नवीन कोइरालाको रोहवरमा पेट्रोल पम्पमा सिल गरिएको हो । पेट्रोलमा भएको मिसावटका बारेमा छानबिन गर्ने र सञ्चालकले पेट्रोलको ट्याङ्की मर्मत सम्भार नगरेसम्मका लागि सो पम्पबाट पेट्रोल बिक्री तरण बन्द गराइएको बिर्तामोड ३ का वडाध्यक्ष बुढाथोकीले…
सुनसरी, १८ असार । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । उक्त गाउँपालिकाले…
झापा, १८ जेठ । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाउन लागिएको हो । आम…
झापा, १८ जेठ । सरकारले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा सहभागी गराउने गरी बजेट तथा कार्यक्रम घोषणा गरेपछि निजी क्षेत्रमा उत्साह बढेको छ । विद्युत व्यापार गर्न पाउने व्यवस्था लागु गर्न निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आएको थियो। अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेटमा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराइने घोषणा गरिएको छ। ुजलविद्युत निर्यातलाई आयको महत्वपूर्ण स्रोतको रूपमा विकास गरिनेछ। निजी क्षेत्रलाई समेत विद्युत व्यापारमा संग्लन गराउन सक्ने गरी कानुनी व्यवस्था गरिनेछ,ु बजेटमा भनिएको छ । सुख्खायामको विद्युत माग पूर्ति गर्ने र निर्यात गर्ने उद्देश्य राखी १२०० मेगावाटको बूढीगण्डकी जलाशय र ६३५ मेगावाटको दूधकोसी जलाशय आयोजना निर्माण गर्ने घोषणा…