
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १५ बैशाख । बिर्तामोड नगरपालिकाले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ७ दिने आधारभूत तालिम बिहीबारदेखि सुरु गरेको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्य सम्पादनमा थप सुधार ल्याउने उदेश्यका साथ आयोजना गरीएको यस तालिममा नगरका सबै वडामा रहेका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ । कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मुद्वा आफ्नो र अर्काको नहुने भएकोले धैर्यतापूर्वक गुनासो सुन्न र निर्णयमा पुग्न विवेक प्रयोग गर्नु पर्ने बताउनु भयो । आफु नगर उपप्रमुख हुँदा बिर्तामोडको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको चर्चा…
बैशाख, १५ बैशाख । बिर्तामोड नगरपालिकाले दुग्ध किसानलाई विभिन्न प्रकारका सामाग्री वितरण गरेको छ । विहिबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिश्ने मेशिन वितरण गरेको हो । पशुपंछि तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम २०७९÷०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिश्ने मेशिन ५ वटा समुहलाई वितरण गरीएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायत वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सामाग्री हस्तान्तरण गर्नु भयो । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरिएको हो । चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी,…
झापा, १५ बैशाख । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो । यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी ऐन–२०४९ र बाग्मती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने व्यवस्था रहेको थियो । निर्देशिकामा ‘११।१।९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने…
झापा, १५ बैशाख । काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन्। उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ। एउटा ५० मिटर सम्म ९स्यालो वेल० र अर्को ५० मिटरभन्दा गहिरो ९डिप वेल०बाट तानिन्छ। स्यालो वेल बर्खामा पुनर्भरण हुन्छ। जसमा समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०का इलेक्ट्रो मेकानिकल शाखा प्रमुख कृष्णहरि बुढाथोकीले बताए। तर, त्यसभन्दा तलको अवस्थामा असर परेको छैन। अत्यधिक तानेकाले मात्रा घटेको छ। तर, माथिल्लो तहको पानीका स्रोत मर्मत गर्दा पानीको मात्रा खासै घटेको नदेखिएको उनको भनाइ छ। ‘अत्यधिक पम्पिङ…
झापा, १४ बैशाख । झापाको मेचीनगरमा नक्कली धनीपूर्जा बनाएर ठगी गरिएको फेला परेको छ । मेचीनगर–६ स्थित मेचीडाँडामा रहेको ऐलानी जग्गाको जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराई दिने भन्दै ठगी गरेको पाइएको हो । मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल र सोही स्थानका ७३ वर्षीय ज्ञानबहादुर गिरी लगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजार सम्म रकम असुल गरेको पाइएको छ । रकम लिएपछि निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारेर दिएका थिए । नक्कली धनीपूर्जा भएको थाहा पाएपछि रकम बुझाउनेहरुले आवश्यक कार्वाही गरी पाउ भनि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन…
झापा, १४ बैशाख । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो । सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य समेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य रस्मि घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् । घिसिङ ‘प्लेयर्स अफ दी म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् ।…
भद्रपुर, १४ बैशाख । झापा उद्योग बाणिज्य संघले पत्रकार राजबाबु शंकरलाई सम्मान गरेको छ । झापा उद्योग बाणिज्य संघको आज भद्रपुरमा आयोजित ५४औं साधारणसभा तथा २४ औं अधिवेशनको अवसरमा पत्रकार शंकरलाई सम्मान गरेको हो । पत्रकार शंकर प्रेस क्लब भद्रपुरका अध्यक्ष एवम् भद्रपुरबाट प्रकाशित साप्ताहिक समाचारका सम्पादक हुन् । कार्यक्रममा पूर्वअध्यक्षहरु महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुंगाना, राजेन्द्र घिमिरे र उमेश डालमियालाई समेत सम्मान गरिएको छ । उहाँहरुलाई प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरजकृष्ण वैद्य, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल लगायतले सम्मान–पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले महासंघ बैंकको ब्याजदर…
झापा, १४ बैशाख । जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन माग गर्दै नागरिकताविहीन संघर्ष समिति नेपालले आज झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक पास गर्न माग गर्दै उनीहरुले बिर्तामोडमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘आमा नाममा नागरिकता देऊ, ‘नागरिकता विधेयक पार गर’, ‘अनागरिक बनाउन पाइँदैन’ लगायतको नारा लेखिएको पम्प्लेट प्रदर्शन, नाराबाजी गर्दै विरोध जनाएका थिए । विरोध प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै नागरिकताविहीन संघर्ष समिति नेपाल अध्यक्ष इन्द्रजीत साफीले सरकार नागरिकताका विषयमा गम्भीर नभएको अरोप लगाउनुभयो । उहाँले नागरिकता प्राप्तिका लागि सबै नेपालीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । जन्मसिद्ध नागरिकता पाएकाहरुका छोराछोरी नागरिकताबाट बञ्चित हुँदा उनीहरुको…
मेचीनगर, १४ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । वन महासंघको नगर अध्यक्षमा महिला चयन भएको यो पहिलो । झापाका अन्य पालिकाको वन महासंघमा महिला अध्यक्ष पदमा पुग्न सकेका छैनन् । वन महासंघ नगर अध्यक्षमा चयन भएकी ओली मेचीनगर–९ स्थित थोप्लेविरान वन समूहकी सचिवसमेत हुन् । अधिवेशनबाट महासंघ मेचीनगर उपाध्यक्षमा यामकान्त प्याकुरेल, महासचिवमा श्यामराज राई, सचिवमा युवराज रेग्मी र कोषाध्यक्षमा नरमाया निशा भण्डारी चयन भएकी छिन् । २७ सदस्यीय…
भद्रपुर, १४ बैशाख । झापाको भद्रपुरमा जारी भद्रपुर वडास्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा अंकित सुवेदी विष्फोटक ब्याटिङको मद्दतले वडा नं. ८ विजयी भएको छ । प्रतियोगिता अन्तरगत वडा नं. ६ र ८ बीच आज भएको सेमिफाइनलमा टस जितेर वडा नं. ८ ले ब्याटिङ शुरु गरेको थियो । ५६ रनको पार्टनसीपपछि अंकित सुवेदीले ४६ बलमा १०२ रन बनाएका थिए । जितका लागि १८२ को रनको लक्ष्य पाएको वडा नंं. ६ जम्मा ९१ रनमा समेटिएको थियो । वडा नं. ६ का निरज चौधरीले ३५ रन बनाएका थिए भने ४ विकेट लिएका थिए । प्रवेश कामतीले पहिलो ओभरमा २ म्याडन…