झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरे । आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन् । विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी…

Read More

झापा, १२ जेठ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ । कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो । चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए । नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको स्रोतको दाबी छ…

Read More

झापा, १२ जेठ । बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो । चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षाको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल…

Read More

झापा, १२ जेठ । सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो। सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले व्याख्या गरेको हो । मुद्दामा अदालतले जिल्ला र तत्कालीन पुनरावेदन तहले गरेको फैसला नै सदर गरेको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले दुर्घटनाको समग्र विश्लेषण गरेर मात्र कानुनी व्यवस्थाको प्रयोग गर्नु न्यायोचित हुने…

Read More

झापा, १२ जेठ । आर्थिक वर्ष २०८–०८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपिया“को बजेट सिलिङ तोकेको छ । सिलिङकै वरिपरि बजेट आउने अर्थ मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन । स्रोत संकुचित हु“दै गएकाले सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता सरकारलाई रहेको…

Read More

झापा, १२ जेठ । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ग्राहकले ऋणको अवधि १ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैकले बुधवार एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्तले ऋणीको आवश्यकता र औचित्यको आधारम भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न पाउने व्यवस्था गरेको हो । निर्देशनअनुसार लघुवित्तहरूले २०७९ चैतमा सक्रिय वर्गमा रहेको कर्जाका ऋणीले तिर्न बांकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज चुक्ता गरेर ऋणको पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउनेछन् । तर, पुनर्तालिकीकरण र पुनःसंरचना गरिएको कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नपर्ने कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।कर्जाको पुनर्तालिकीकरण वा…

Read More

झापा, ११ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका १ नं. वडा कार्यालयले खेल सामग्री वितरण गरेको छ । स्थानीयस्तरमा खेलकुदको प्रवद्र्धन, नयाँ खेलाडी र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्ले खेलकुद सामग्री वितरण गरिएको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । केही गाउँपालिका र केही वडाको बजेटबाट वडाका पाँच वटा समूहलाई क्रिकेट, भलिबल र फुटबलका खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । युवालाई कुलतबाट जोगाउन पनि खेलकुद महत्वपूर्ण हुने भएकाले खेल सामग्री वितरण गरिएको जनाइएको छ । खेल सामग्री वडा सदस्य तुलसा खतिवडा रेग्मी, सुमित्रा रसाइली, लक्ष्मीप्रसाद कँडेल, मोहनकुमार राई, वडा सचिव सञ्जय राई लगायतले वितरण गर्नुभएको थियो । वडामा रहेका खेल…

Read More

भद्रपुर, ११ जेठ । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आजदेखि आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि सातदिने तालिम दिन थालिएको सामाजिसक विकास शाखा प्रमुख जीवनकला राउतले बताइन् । आज विहान एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले तालिमको उद्घाटन गरे । नगर बाल सञ्जालका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेलले खासगरी, किशोरी–युवतीहरुका लागि आवश्यक र उपयोगी…

Read More

बिर्तामोड, १० जेठ । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । गत जेठ ३ गते राति शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रुपमा चार वटा सटर फोडी चोरी गरेको आरोपमा शिवसताक्षी–५ आमबाडीका ५६ वर्षीय सविलाल खवासलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले गहन रुपमा अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, १० जेठ । झापाको बिर्तामोड नगरपालिका–५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ९ बजे मे. ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका–१० का १८ वर्षीय हपन हेमरनलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । चोरीको मोटरसाइकलसहित पक्राउ परेका हेमरनको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More