
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ जेठ । भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पु¥याउन थालेका छन् । बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । “घेरबार मर्मत गरिरहेका छौँ”, उनले भने, “तर हात्तीले भत्काएर बस्ती…
झापा, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका थिए । यस प्रकरणमा मुख्य बिचौलियाको रूपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङकै सागर राईलगायत थिए । उनीहरू पक्राउ परेलगत्तै मन्त्री र सचिवलाई घुस दिएको बताएका थिए । त्यसपछि उनीहरूकै बयान र प्राप्त कागजातका आधारमा प्रहरीले…
झापा, १ बैशाख । बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवातका रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा चक्रवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण वायुको बहाव सात माइल…
झापा, १ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको हो । यसअधि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन माग गरिएकोमा ७ सय छनोट भएका थिए। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रतर्फ ३ हजार लैजाने योजना बनाएको बताए । “यसमध्ये पनि जुन महिनामा ७०० नेपाली लैजाने गरी तयारी भइरहेको छ,” निर्देशक कटुवालले…
झापा, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी…
झापा, १ जेठ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ। प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो।…
मोरङ, ३१ बैशाख । मोरङको विराटनगर महानगरपालिका–११ पाञ्चालीमोडबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिराटनगर–१५ का ४३ वर्षीय अनिल यादव रहेका छन् । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो । स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
बिर्तामोड, ३१ बैशाख । झापाको बिर्तामोडस्थित मुल कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले आज एक कार्यक्रमका बीच हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले उनीहरुलाई ५० थान स्कूल ब्याग, २ सय १५ थान टाइ र २ सय २० थान बेल्ट प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य, हल्दिबारी–१ का वडाध्यक्ष देवीप्रसाद थापा हल्दिबारीकी शिक्षा शाखा प्रमुख जनककुमारी राइ विशेष आतिथ्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराई, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, विभागीय प्रमुख प्रेम बस्नेत…
झापा, ३१ बैशाख । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरीराज भट्टराई निर्वाचित भएका छन् । बिर्तामोडमा आज भएको युनियनको १० औं जिल्ला अधिवेशनबाट भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ६६ मत ल्याउदा उनका प्रतिस्पर्धी राजेन्द्र गौतमले ५२ मत र अर्का अध्यक्षका उम्मेद्वार मनकुमार शर्माले १ मत ल्याएका थिए । समितिको उपाध्यक्षमा इश्वर अधिकारी, सबिना लिम्बु, सचिवमा अर्जुन राजवंशी, सह–सचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई चयन भएका छन् । त्यस्तैगरी, सदस्यमा रणदेब हजाम, अनुषा चुडाल, तलु बास्के, शान्ति सुब्वा, बिष्णु श्रेष्ठ, ज्योस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देबेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रन्जीत परियार र बिष्णुप्रसाद पौडेल चयन भएका…
बिर्तामोड, ३१ बैशाख । झापाको बिर्तामोडमा आगामी जेठ ६ गतेदेखि ‘प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुने भएको छ । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा क्रिकेट प्रतियोगिता लागेको हो । बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालाको खेल मैदानमा हुने प्रतियोगिताका लागि हालसम्म १७ वटा टिमले नाम दर्ता गराइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष बिकास गिरीले जानकारी दिए । टिम दर्ता गर्ने समय अझै बाँकी रहेकाले टिमको संख्या अझ बढ्न सक्ने उनको भनाइ छ । प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख, दोस्रोलाई नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका कार्यक्रम संयोजक बिशाल अग्रवालले जानकारी दिए । त्यसैगरी…