झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ बैशाख । झापाबाट ‘सुखानी सन्देश’ साप्ताहिक पत्रिकाको प्रकाशन शुरु भएको छ । हरेक बुधबार प्रकाशन हुने गरी आजदेखि सुखानी सन्देशको पहिलो अंक बजारमा आएको पत्रिकाको प्रकाशक एवम् प्रधान सम्पादक राजु पाठकले बताउनुभयो । विगत दुई दशकदेखि व्यावसायिक पत्रकारिता गर्दै आउनुभएका पाठक प्रेस सेन्टर झापाका अध्यक्षसमेत हुन् । कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा रहेको सुखानी घटनामा शाहदत प्राप्त गरेका सहिदहरुको सपना अझै पनि पूरा हुन नसकेको र ती विचारलाई पत्रिकाको माध्यमबाट पाठकमाझ पुर्याउने उद्देश्यले पत्रिकको प्रकाशक थालिएको प्रधान सम्पादक पाठकले बताउनुभयो । यसैबीच, प्रेस सेन्टर झापाले पत्रिका प्रकाशन आरम्भको अवसरमा बधाई दिँदै निरन्तरताको शुभकामना दिएको छ ।

Read More

झापा, २७ बैशाख । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् । प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर…

Read More

झापा, २७ बैशाख । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले कर्मचारीसम्वद्ध सम्पूर्ण ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको हो । सरकारले सबै ट्रेड युनियनको खारेजी गर्दै राष्ट्रिय स्तरको एकमात्रै ट्रेड युनियन राख्न प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि बढाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीका दलीय ट्रेड युनियन खारेजीको प्रस्ताव गर्दै राष्ट्रिय स्तरको एकल ट्रेड युनियन राख्न व्यवस्था गरिएको छ । मन्त्रालयले सो विधेयकलाई दुई महिनाअघि नै अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका…

Read More

झापा, २७ बैशाख । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ । नेकपा (एमाले) ले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आय अन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपियाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भने, “राजनीतिक नियुक्तिका नाममा…

Read More

भद्रपुर, २६ बैशाख । भद्रपुर १० स्थित चन्द्रगढ छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणका लागि शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्ष घाट नाम दिइएको शव दहन स्थलको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् । वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, विर्तामोड ७ का वडाध्यक्ष अविरल खरेल लगायतले मन्तव्य राख्दै मोक्ष घाट विर्तामोड र भद्रपुरका बासिन्दाका लागि आवश्यक रहेको हुँदा निर्माण सम्पन्न गराउन सहयोग गर्ने…

Read More

झापा, २६ बैशाख । फिल्म ‘डाकिनी’ नेपाली हलमा रिलिज हुने भएको छ । विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि फिल्म निर्माण कम्पनी षट्कोण आर्टस्ले यो फिल्म जेठ ५ गते नेपाली हलमा रिलिज गर्न लागेको हो । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम ‘डाकिनी’ हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा बनेको हो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी…

Read More

झापा, २६ बैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भएका सांसद रायमाझी भने फरार छन् ।

Read More

चन्द्रकला भण्डारीझापा, २६ बैशाख । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए । तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन्…

Read More

हल्दिवारी, २६ बैशाख । विश्व रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाले असल सासू तथा बुहारी सम्मान गरेको छ । कोशी प्रदेश सभा सदस्य लविलाल चुडालको प्रमुख आतिथ्य तथा उपशाखा सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई असल सासू तथा ७ जना असल बुहारीलाई नगद, प्रमाणसहित दोसल्ला ओडाएर संमान गरिएको हो । सम्मानित हुने असल सासूमा हल्दिबारी–१ गोलधाप निवासी फटिकादेवी रेग्मी तथा हल्दिबारी–२ निवासी खिरमाया रिजाल रहनु भएको छ । त्यसैगरी, असल बुहारीका रुपमा हल्दिबारी–१ गोलधापकी प्रेमावती न्यौपाने र राधिका दाहाल रिजाल, हल्दिबारी–२ निवारक सुमित्रा खतिवडा आचार्य, इन्दिरा निरौला भट्टराई र सारावती राजवंशी रहनु भएको छ । उक्त संमान…

Read More

कनकाई, २६ बैशाख । झापाको सुरूङ्गास्थित एक होटलमा २४ वर्षीया एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् । सुरूङ्गा बजारमा चालु अवस्थामा रहेको हाम्रो पाथिभरा होटल एण्ड लज सञ्चालनका लागि भाडामा लिएको एक कोठामा २४ वर्षीया सीता बुढाथोकी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेको होटलका सञ्चालकले बताउनुभयो । लज सञ्चालनमा रहेको घरमा कोठा भाडामा लिएर विगत नौ महिनादेखि बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापा रोडस्थित एक होटलमा काम गर्दै आएको बताइएको छ । मृतका श्रीमान रमेश चौधरी भने सोही घरमा नै रहेको होटलमै काम गर्दै आएको होटलका सञ्चालकको भनाइ छ। गए राति १० बजेदेखि आँफूहरु सुत्ने कोठामा नभएको बताउने श्रीमान रमेश…

Read More