
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ बैशाख । मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले गठबन्धनको उम्मेदवार विरुद्ध जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको खुलेर समर्थन गरेका छन् । उनले आफु निकट कार्यकर्तालाई समेत सो निर्देशन दिएको श्रोतले बताइरहँदा जनमत पार्टीका उम्मेदवारले सुरुवाती चरणमा राम्रो मत प्राप्त गरिरहेका छन् । पाँच दलीय गठबन्धन अर्थात् वर्तमान सत्ताधारी सरकार भित्रका गठबन्धनबाट साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र नम्वर–२ मा बनाइएको छ । तर, उक्त गठबन्धन मध्येका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रखर वक्ता राजेन्द्र महतो यादवलाई नभई जनमतका कुशवाहाप्रति आफ्नो समर्थन जनाएको श्रोतको दाबी छ । राजेन्द्र महतोले…
भद्रपुर, ११ बैशाख । झापाको भद्रपुरस्थित मेची बुहुमुखी क्याम्पसको क्रिकेट खेल मैदान मर्मत–सम्भार गर्न आज श्रमदान गरिएको छ । भद्रपुर क्रिकेट क्लबको अगुवाइमा खेल मैदान मर्मत सम्भारका लागि शुरु गरिएको श्रमदान कार्यक्रममा स्वतस्फूर्त रुपमा करिब १५० जनाभन्दा बढीले श्रमदान गरेका हुन् । काँसघारीमा परिणत भएको खेल मैदानलाई हाल काँसको झार काटेर, आगो लगाएर, जोतिएको छ भने श्रमदानमार्फत् झार जिल्याउने कार्य भइरहेको भद्रपुर क्रिकेट क्लबका सचिव शिबु बुढाथोकीले बताउनुभयो । श्रमदान कार्यक्रममा सशस्त्र प्रहरी भद्रपुर सशस्त्र प्रहरी, भद्रपुर क्रिकेट क्लब सल्लाहकार, संरक्षक, कार्यसमिति, क्लबमा आबद्ध खेलाडी, मेची क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–८…
चन्द्र बस्नेतकनकाई, ११ बैशाख । महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले झापाको कनकाईमा सात दिने पोते बनाउने तालीम शुरु भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर १ स्थित सहजीकरण महिला समूहको आयोजनमा महिला समूहकी अध्यक्ष लीला प्याकुरेलको सभापतित्वमा भएको तालिमको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्येनर वाचन र पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले महिला दिदीबहिनीहरुले आफ्नो पहुँच तथा नियन्त्रणमा अगाडि बढ्न, आफ्नो आवाजलाई सहभागीताका आधारमा एकताबद्ध रुपमा ल्याउन महिलाहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्दै महिला आफू आफ्नै सीपको माध्यमबाट आर्थिक स्रोत आर्जन गरी आर्थिक स्तर उन्नतिमा विद्धि गर्ने र आर्जन पहुँच…
झापा, ११ बैशाख । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाई ब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच उपाधिका लागि डर्वीमा ३ जुनमा प्रतिस्पर्धा हुनेछ ।
झापा, ११ बैशाख । विगत दुई वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका मेचीनगर–१५ का ४२ वर्षे मोतीलाल यादवलाई सरकारले यो रोगको उपचार निःशुल्क गर्छ भन्ने थाहा छ । तर आफूलाई यो विषयबारे जानकारी हुँदा पनि सुविधा उपभोग गर्न भने सकेका छैनन् । सरकारले मिर्गौला पीडित बिरामीको उपचार निःशुल्क गर्ने प्रबन्ध गरेको छ । तर यो सुविधा लिनका लागि मेची नदी पारीको ग्वालाबस्तीबाट बिर्तामोड र भद्रपुर आउनका लागि नदीमा पुल छैन । जसकारण यादव भारतका विभिन्न अस्पतालमा पुगी महङ्गो शुल्क तिरेर उपचार गर्न बाध्य छन् । “सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्छ भन्ने सुनेको छु”, उनले भने, “तर नदीमा पुल नहुँदा नजिक पर्ने…
झापा, ११ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ। खासगरी लिमिटेड कम्पनीमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न व्यक्ति र संस्थाका तर्फबाट त्यस्तो लबिङ सुरु भएको हो। त्यसैलाई आधार माने निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाले त्यस्तो प्रावधान हटाउन सरकार, राजनीतिक दल, नेताहरू र सांसदहरूलाई औपचारिक र अनौपचारिक दबाब दिन थालेका छन् । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा निजी क्षेत्रका सङ्घसंस्थाले प्रधानमन्त्री र राजनीतिक दलका…
चन्द्र बस्नेतकनकाई, १० बैशाख । झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरिरहँदा स्थानीय शासन नगर समिति लक्षित नगरका सरोकारवालसँग छलफल गरेको छ। बालमैत्री स्थानीय शासन अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाका सरोकारवालासँग छलफल गरेको हो । नगरको बाल कल्याण इकाइको आयोजनामा आइतबार बालमैत्री स्थानीय शासनबारे जानकारी गराउने उद्देश्यसहित सरोकारवालाहरुसँग सल्लाह, सुझावसहित छलफल भएको हो । कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक राजेन्द्रकुमार पोख्रेललेको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश नं. १ बालबालिका समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नुभएको थियो । छ्लफल कार्यक्रममा बालमैत्री घोषणा गर्न स्थानीय तहले गर्नुपर्ने तयारीका बारेमा र अहिलेसम्म भएका प्रगतिका बारेमा…
झापा, ११ बैशाख । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा ‘द पोयट आइडल’ प्रथम संस्करणका विजेता कवि निलम गुरुङलाई सम्मान गरिएको छ । आइतबार परिषद्को केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विजेता कवि गुरुङलाई बधाई तथा सम्मान गरिएको हो । संस्थाका संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष आरबि गुरुङको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विजेता कवि निलम गुरुङका पिता दिलिप गुरुङ र आमा बसुन्धरा गुरुङका साथै सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटीलाई फेटा र क्रमुले सम्मान गरिएको थियो भने विजेता कवि निलम गुरुङलाई सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डेलमान गुरुङ,…
झापा, ११ बैशाख । सरकारका पूर्वमुख्यसचिव डा। विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन्। सामाजिक सज्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ। तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ। आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई भन्डै २ खर्ब रुपियाँ घाटामा देखिएको…
विराटनगर, ९ बैशाख । संबिधान र कानुनमा प्राप्त भएको अक अधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हक अधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नुपर्नेमा जोड दिएका हुन । मोरङको विराट चौकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसकेपछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले अब दलितहरुले पहिले…