झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २४ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा आउने समाचारमा एकरुपमता हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘एउटै घटनाका बारेमा जतिवटा मिडिया हे¥यो उति किसिमका समाचार आएका हुन्छ, यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्छ, त्यसैले विचारमा आफ्नो मत जाहेर गरेपनि समाचारमा एकरुपता हुनुपर्छ ।’ उहाँले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशान र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराव कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध गर्नुभयो । मुख्यमन्त्री…

Read More

शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुख सँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई औल्याइदिएका छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा विद्या सिग्देलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरका साथै शिक्षकहरु पनि अनुशाशित हुनु पर्ने बताइन । उनले नगरप्रमुख सँग प्रश्न गर्दै भनिन राष्ट्रिय रमणीयका शिक्षकहरु कक्षा कोठा मै गुड्का, खैनी खाँदै आउनुहुन्छ । त्यसलाई नगरपालिकाले कसरी हेरेको छ । त्यस्ता शिक्षकबाट हामीले के सिक्ने । त्यस्ता गतिविधिहरु…

Read More

झापा, २४ बैशाख । झापाको कन्काई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्की बिच यही बैशाख ८ गते बेलुका घरायशी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गर्दा घाईते भएका कार्कीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको सूचना पाए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २४ बैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो भने प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आजको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।…

Read More

झापा, २४ बैशाख । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरुआत भएको हो । ‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ । सञ्चार तथा सूचना प्रविधि…

Read More

झापा, २४ बैशाख । कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले उचालेको छ । शनिबार राति खेलिएको फाइनलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै सन् २०१४ पछि पहिलो पटक कोपा डेल रेको उपाधि उचालेको हो । रियलको जितमा रोड्रिगोले दुबै गोल गरेका थिए । खेलको दोस्रो हाफलमा ओसासुनाका लुकास टोरोले जवाफी गोल फर्काएका थिए । खेलको ७०औं मिनेटमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगोले नै अर्को गोल थप्दै रियललाई उपाधि दिलाए ।

Read More

झापा, २४ बैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्। ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी बहालवाला सांसद पनि हुन्। रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए। अहिले रायमाझी सम्पर्कविहीन छन्। रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुईपटक भेटिसकेका छन्। झन्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति…

Read More

झापा, २४ बैशाख । सेवा निर्यात बापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो। खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । “यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ,” उनले भने। नेपाल पर्यटन बोर्डका अनुसार २०७९…

Read More

भद्रपुर, २४ बैशाख । भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिबार मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । यसअघि अघिल्लो शनिबार १४ देखि १६ वर्ष उमेर समूहका खेलाडी छनोटका खेलहरु भएका थिए । ती खेलहरुबाट पहिलो चरणमा ५३ जना खेलाडी छनोट भइसकेका छन् । हिजोका खेलहरुमा भद्रपुरका सबै वडाबाट आएका करिब एक सय खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएकोमा पहिलो चरणमा ६३ जना खेलाडी छनोटमा परेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । अब दुबै…

Read More

झापा, २४ बैशाख । मोरङको विराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भेनसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भेन चालक बिराटनगर–२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् । हिजो दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेकजाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा र भेनमा सवार रहेका उनीहरुको…

Read More