
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ३१ बैशाख । झापाको कमल गाउँपालिकाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । झापा कमल गाउँपालिका–६ स्थित भित्रि सडक खण्डमा शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को १ त ७९६८ नं. को ट्याक्टरलाई शंका लागेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड भएको ५४.३२ क्युफिट सखुवा जातको काठ बरामद गरेको हो । काठको २ लाख ७० हजार र ट्याक्टरको ८ लाख मूल्यांकन गरी ट्याक्टर र काठलाई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ ।
भद्रपुर, ३१ बैशाख । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमा पार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ । विर्तामोडस्थित होटल किङ्सबरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी–व्यवसायीबीच सीमा पार व्यवसायबाट कसरी दुबै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो । अन्तरक्रियात्मक सो छलफलमा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नेतृत्वमा विभिन्न उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारी एवम् पर्यटन र होटल व्यवसायसम्बद्ध व्यवसायीहरुको सहभागिता थियो भने भारतका तर्फबाट इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) उत्तर…
झापा, ३१ बैशाख । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो । त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ । आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले…
भद्रपुर, ३१ बैशाख । झापाको दमक र बिर्तामोडबाट प्रहरीले दुईजना महिलालाई गाँजामहिला पक्राउ गरेको छ । दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ सुकुम्बासी बस्तीकी ६० वर्षीया सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको…
झापा, ३१ बैशाख । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् । नेपाल पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनबाट बाटो बनाउने काममा खटिएका शेर्पाको टोलीले शनिबार सगरमाथा शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेर सगरमाथा आरोहणको सुरुवात गरेको जानकारी दिए । उनले भने, “नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो ।…
झापा, ३१ बैशाख । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो । छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो । भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर…
भद्रपुर, ३० बैशाख । नेपाल पूर्व प्रहरी संगठन झापाको नव गठित समितिले पदभार ग्रहण गरेको छ । निर्वतमान अध्यक्ष खेमराज कार्कीले नव निर्वाचित अध्यक्ष खड्गबहादुर खड्कालाई अध्यक्षको कुर्सीमा राख्दै समितिको कागजपत्र हस्तान्तरण गरी पदभार ग्रहण गराएका हुन् । केदार अधिकारीले स्वागत गरेको कार्यक्रममा सामुदायिक प्रहरी चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठक, पूर्व प्रहरी संगठन कोशी प्रदेश प्रमुख बाबुराम श्रेष्ठ, संगठन झापाका पूर्व सचिव अग्नि खड्का, अग्रज संगठक अमिन अली शेख, नेत्रप्रसाद बरूवाल लगायतले मन्तव्य राख्दै पूर्व प्रहरी राष्ट्रका लागि हरेक पल ज्यान दिन तयार रहेको धारणा राखेका थिए ।
सहकारी एकीकरण सम्बन्धी सार्वजनिक सूचना !
झापा, ३० बैशाख । नेपाल फोटो पत्रकार महासंघ झापाको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शुरु भएको छ । महासंघको आयाजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आज बिर्तामोड–२ स्थित बालुवाटारमा फोटो पत्रकारिता तालिमसहित अधिवेशन शुरु भएको हो । महासंघ झापाका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् । स्वागत महासंघ झापा सदस्य अमित खम्बुले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनज) झापाकी अध्यक्ष भूमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही तालिम उद्घाटन…
द्रोण अधिकारी गुयेलीपेशा र सिर्जजनशीलता बीचमा कहिलेकाँही आकास जमिनको अन्तर हुन सक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी व्यक्ति हुन् । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका राजेन्द्र धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ बैशाख १० मा जन्मिएका अधिकारी सिर्जनशीलतामा कोमल हृदय भएका सर्जक हुन् । विद्युत प्राविधिक जस्तो कठोर जागिरे जिम्मेवारी सम्हालिराखेका अधिकारीको मन निकै कोमल र सिर्जनशील छ भन्ने कुरा २०७९ को मध्यतिर प्रकाशनमा आएको काव्यकोपिला नामक कविता संग्रहले प्रमाणित गर्छ । अधिकारीलाई मानवतावादी सर्जकका रूपमा नेपाली फुटकर…