झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० बैशाख । अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्ने क्षेत्रमै संकुचन आएपछि उच्च आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमा धक्का लागेको छ। अर्थतन्त्रमा अधिकतम मूल्य अभिवृद्धि गर्ने सवारीसाधन, थोक तथा खुद्रा क्षेत्र, निर्माण र उद्योग क्षेत्र खुम्चिँदा चालु आर्थिक वर्षमा सरकारको लक्ष्यको एक चौथाइका दरले मात्र आर्थिक वृद्धि हुने भएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। तर, राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो। यो वृद्धिदर देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्ने विश्व बैंक र एसियाली विकास बैंकजस्ता दातृ निकायको अनुमानको आधामात्र हो। अपेक्षा…

Read More

झापा, २० बैशाख । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ…

Read More

कनकाई, १९ बैशाख । नेपाल खेलकुद महासंघ कनकाईको आयोजनामा कनकाई–५ तुलसीबारीमा जारी वडास्तरीय फुटबल प्रतियोगितामा कनकाई–३ लाई १–२ गोलले पराजित गर्दै वडा नं. ७ दोस्रो चरणमा प्रवेश गरेको छ । ७ नम्बरका लागि पहिलो गोल खेल भएको दोस्रो मिनेटमै अनमोल कार्की र दोस्रो हाफको अन्तिमतिर पेलान्टी गोल मार्फत राज मगरले गोल गर्दै जित सुनिश्चित गरेका थिए । ३ नम्बरका लागि मनिस राईले एक गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच बिजयी टिमका विक्रम मुर्मु भए उनले नगद १ हजार रुपैयाँ प्राप्त गरेको आयोजक समितिका संयोजक पूर्ण लिम्बूले बताउनुभयो । भोलिबाट प्रतियोगिताको दोस्रो चरणको खेल हुनेछ । जसमा…

Read More

अर्जुनधारा, १९ बैशाख । झापाको अर्जुनधारामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आजदेखि विद्युतीय साक्षरता तालिम सुरु भएको छ । सूचना प्रविधि शाखाले नगरका सामुदायिक विद्यालयहरुमा आजदेखि विद्युतीय साक्षरता तालिम सुरु गरेको हो । हाल चालु अवस्थामा रहेका विभिन्न प्रविधि बारे जानकारी र विद्युतीय प्रविधिको प्रयोगबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्नेसँगै नगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवाहरु बारे जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखाका अधिकृत विनोद खनालले जानकारी दिए । नगरका नौ वटा माध्यमिक विद्यालयका कक्षा १०मा अध्धयनरत् विद्यार्थीहरुलाई लक्षित गरि शनिश्चरे माध्यमिक विद्यालयबाट सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुने छ । प्रशिक्षकद्वय अधिकृत खनालसँगै कम्प्युटर महासंघ नेपाल…

Read More

बिर्तामोड, १९ बैशाख । झापा बिर्तामोडका पत्रकार इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक राजवंशीकी आमा कलावतीको ८७ वर्षको उमेरमा आज निधन भएको हो । दिवंगत राजवंशीको भोलि बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । दिवंगत कलावती चिरशान्तिको कामना गर्दै मातृवियोगको दुःखद घडीमा रहनुभएका पत्रकार राजवंशी एवम् परिवारजनमा झापा अनलाइन हार्दिक समवेदना प्रकट गर्दछ ।

Read More

झापा, १९ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीबी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि तिनले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजना सफल पार्न निजी…

Read More

मोरङ, १९ बैशाख । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ईटहरी उप–महानगरपालिका–३ का २२ वर्षीय नमेश राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १९ बैशाख । नेपालले एसिसी प्रिमियर कप जितेको छ । आज भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै एसिसी प्रिमियर कप जितेको हो । जीतसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।

Read More

झापा, १९ बैशाख । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित…

Read More

झापा, १९ बैशाख । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो । सरकारी प्रक्षेपणअनुसार २०९० सालमा सेवा क्षेत्रमा ८४ लाख १३ हजार ८ सय ९८ र २१०० सालमा १ करोड ३ लाख १ सय १ जनशक्ति लाग्ने अनुमान छ । त्यस्तै, यो वर्षको अन्त्यमा ४५ लाख ७४ हजार ६ सय ९३ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ । कृषिमा क्रमशः २०८० सालसम्ममा १ करोड ३ लाख ५४ हजार, २०९० मा ७८ लाख ८६ हजार र २०२१ सालमा ७६ लाख ६१ हजार…

Read More