
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ बैशाख । कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् । महालेखा परीक्षकको गत पाँच वर्षको प्रतिवेदन अध्ययन गर्दा हरेक वर्ष गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेको उल्लेख छ । स्वकीय सचिव र सल्लाहकारका लागि प्रदान गरिने पारिश्रमिक खर्च नियन्त्रण गर्नुपर्ने भनी महालेखाको हरेक प्रतिवेदनमा उल्लेख गरे पनि स्थानीय तहले…
झापा, ८ बैशाख । मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९र८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ। यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ। सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। यो रोगका कारण कोसी प्रदेशमा मात्रै १ सय ५० भन्दा बढी गाईको मृत्यु…
बिर्तामोड, ७ बैशाख । झापासहित देशभर बैंकको ऋणका कारण व्यवसायीले आत्महत्या गरेका घटना सार्वजनिक हुन थालेको छ । आर्थिक संकटका कारण व्यापार व्यवसायमा ठूलो नोक्सानी बेहोर्नुका साथै बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋणको चपेटा परको भन्दै आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको हो । यस्ता घटना पछिल्ला केही दिनयता झापामा पनि भइरहेका छन् । यही सन्दर्भमा स्वतन्त्र नागरिक समूहले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाहको घटना बढेको प्रति चिन्ता तथा दुःख व्यक्त गरेको छ । स्वतन्त्र नागरिक समूह संयोजक शेरबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै बैंकको दबाब थाम्न नसकेर आत्महत्या गरेको घटनाहरुप्रति चासो व्यक्त गरेका छन् ।…
भद्रपुर, ७ बैशाख । भद्रपुर वडास्तरीय टी(ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।भद्रपुर बलबस्टर्स क्लबको आयोजना भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई एक सय रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । टच हारेपछि पहिला ब्याटिङ पाएका वडा नम्बर ६ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको विशाल स्कोर खडा गरे । वडा ६ का नीरज चौधरीले ३४ रन बनाउँदा राहुल गुप्ताले ३२ रन, बिट्टु कामती र राकेश साहले ३०र३० रन, नीरज , ईश्वर हाडाले १८ रन र मनिष कामतीले १६ रन बनाएका थिए ।…
झापा, ७ बैशाख । वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन । वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ । ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ।
झापा, ७ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज दुई खेल हुँदैछ । कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।
झापा, ७ बैशाख । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९–८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकनुसार मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । विभागले अपेक्षाकृत रूपमा व्यापार घाटा घटाउन नसकेको स्विकारेको छ । चालू आवको बितेका नौ महिनाको अवधिमा देशको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड…
झापा, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ। प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न बुधबार परिषद् बैठक बोलाइएको थियो। ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेकाले परिषद् बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि नाम सिफारिस गर्न नसकेको हो। प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको परिषद् बैठकमा एमालेले संसदीय समितिका सभापति भागबन्डा गर्न खोजेको बताउँदै स्रोतले भन्यो, ‘एमालेले सर्वोच्च अदालतका केही न्यायाधीशसँग प्रतिशोध लिन खोजेजस्तो देखिएको छ।’ तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न दुईपटक गरेको…
झापा, ७ बैशाख । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने कानुनबमोजिम निजको नजिकको हकदारले उक्त राहत रकम पाउने भएका छन् । गृह मन्त्रालयले बुधबार सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०७९ जारी गर्दै यस्तो जानकारी दिएको हो । कार्यविधिको परिच्छेद ३ को दफा ४ को उपदफा ४ मा ‘अयोग्य लडाकु हो भनी पहिचान भएको तर निज हाल नेपालमा नरहेको अवस्था भएमा निज नेपालमा आएको बखत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दुई लाख राहत उपलब्ध गराउनेछ’ भन्ने उल्लेख छ । त्यस्तै,…
झापा, ७ बैशाख । “यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भने । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार यस प्रणालीले मन्त्रालयको नियन्त्रण कक्षबाट नै कुन एम्बुलेन्स कुन ठाउँमा कसरी रहेको छ ? वा स्थिर रहेको छ ? एम्बुलेन्सले बिरामी बोकेको छ कि छैन ? बिरामीको आग्रहलाई मानिरहेको छ कि छैन…