
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ बैशाख । अबको १ महीनापछि सरकारले आर्थिक वर्ष (आव) २०८०–८१ को बजेट सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि चालू आव २०७९–८० को बजेटभन्दा कम सिलिङ तोकेको छ । विकासे मन्त्रालयहरूको बजेट सिलिङसमेत कम गरिएसँगै अहिले ती निकायले आगामी आवका योजना तथा कार्यक्रमका प्राथमिकता बदल्ने तयारी शुरू गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, खानेपानी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आवको भन्दा कम सिलिङ पाएका छन् । सबैभन्दा बढी बजेट विनियोजन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ आयोगले उल्लेख्य मात्रामा घटाएको छ । चालू आवमा…
झापा, १३ बैशाख । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ज रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ । बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले भने, बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ । भूकम्प गएको वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन। तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा…
झापा, १३ बैशाख । सरकारले विकास निर्माण ठेक्का प्रक्रियासम्बन्धी गरेको यसअघिको आफ्नै निर्णयबाट पछि हट्ने तयारी गरेको छ । निर्माण व्यवसायीहरूको चर्को दबाबमा परेर सरकारले यसअघि आफैंले गरेको ठेक्कासम्बन्धी निर्णय संशोधनको पक्षमा लागेको हो । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ लाई फेरि संशोधन गरेर निर्माण व्यवसायीलाई काम नै पूरा नगरे पनि ठेक्का ओगटिरहन मिल्ने व्यवस्था गर्न लागेको हो । एउटै निर्माण व्यवसायीले असीमित रूपमा ठेक्का कब्जा गर्ने तर निर्माण सम्पन्न भने नगर्ने चलन रहेको छ । धेरैवटा ठेक्का होल्ड गर्दा विकास निर्माणसम्बन्धी काम अधुरै रहेपछि सरकारले एउटा निर्माण व्यवसायीले पाँचवटा मात्र ठेक्का लिन पाउने कानुनी व्यवस्था गरेको थियो । अहिले…
चितवन, १३ बैशाख । प्रतिनिधिसभा सदस्यका लागि चितवन–२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो । मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस–एमालेको मत पहिलाभन्दा घटेको छ । दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् । अघिल्लो निर्वाचनमा…
बिर्तामोड, १२ बैशाख । गाईघाट फुटबल क्लब उदयपुर झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल उदयपरकी मनिता तामाङले गरिन । उनले खेलको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुर विरुद्ध दवाब सिर्जना गरेपनि गोल स्कोर भने गर्न सकेन् । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटामाथी दवाब सिर्जना गर्यो । १–०…
भद्रपुर, १२ बैशाख । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित आँपगाछीबाट प्रहरीले अवैध मकैसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ८८ बोरा मकैसहित मकैसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । मे १ त ७११० नम्बरको टयाक्टरमा लोड भएको ८८ बोरा मकैसहित टयाक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले आज बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । मकैको ९६ हजार र ट्याक्टरको ४ लाख मूल्यांकन गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
झापा, १२ बैशाख । कोशी प्रदेशको आज बसेको मन्त्रिपरिषदको बैठकले दुई निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि–२०७९ खारेज गर्ने र कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको हो ।
झापा, १२ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा बर्तमान समयमा अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने तथा व्यवसायीसँग आवश्यक छलफल एवं भेटघाटका लागि पहल गर्ने छु ।’ उहाँले उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउादै पुनः यस सम्बन्धमा उद्यमीहरुको…
सरोज भट्टराईशिवसताक्षी, १२ वैशाख । झापा शिवसताक्षी–१० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्षअघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो । सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा गई दाहिने खुुट्टामा स्टिल हालेकी थिइन् । उक्त स्टिल गएको कात्तिक महिनामा नै झिक्नुपर्ने थियो । तर आर्थिक विपन्नताका कारण थप उपचार नसक्दा उनी घरमै थलिएकी थिइन् । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको सक्रियताले सपनाको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।…
चन्द्र बस्नेतकनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको चलिरहेको छ । कनकाई नगरमा कृषकहरुले कसरी बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उध्येश्यका साथ कनकाई नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउन सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनुभयो । पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादिमुक्त बनाउन शब्ता अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । भोलि बुधबार कनकाई नगरपालिका–३…