झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचथर, १६ बैशाख । प्रदेशको नाम ‘कोशी’ राखेको विरुद्धमा आन्दोलनरत पहिचान पक्षधरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा शुक्रबार मसाल जुलुस निकालेका छन् । अध्यक्ष ओली दुई दिनदेखि पाँचथरको सदरमुकाम रहेको फिदिममै रहेका छन् । फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले सांसदलाई भेडाबाख्रा सरह थुनेर जबरजस्त ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गरे । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए । पहिचान पक्षधरले शुक्रबार…

Read More

झापा, १६ बैशाख । मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ । यसअघि ससर्त अनुदानका रूपमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत कृषिको साढे ८ अर्ब रुपैयाँ पनि रोक्का गरेको सरकारले फेरि समानीकरण अनुदानको थप करिब २३ अर्ब १३ करोड रुपैयाँ कटौती गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत चूडामणि अर्यालका अनुसार चालु आव २०७९र८० को अन्तिम किस्तामा प्रदेश र स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।…

Read More

झापा, १६ बैशाख । तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो । गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो…

Read More

झापा, १६ बैशाख । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भर्याङमा दिसा गर्ने गरेका छन्। सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन।…

Read More

बिर्तामोड, १५ बैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । विरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निशुल्करुपमा रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापा विच आज शुक्रवार द्विपक्षिय सम्झौता भएको छ । वडा नम्बर १का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे र जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नु भयो । वडाले निशुल्क रगत उपलव्ध गराएपनि रेडक्रस झापालाई भने वार्षिकरुपमा शुल्क तिर्नु पर्ने छ । वडाले हरेक वर्ष एक लाख रुपैयाँ तिर्ने गरि सम्झौता पत्रमा…

Read More

झापा, १५ बैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उहाँले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यहरु अन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको जानकारी गराउनु भयो । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका…

Read More

भद्रपुर, १५ बैशाख । ताप्लेजुङको साविको खेवाङ्गमा रहँदा त्यहाँको जीवन शैली सहज बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै भद्रपुर १० चन्द्रगढी निवासी प्रेमप्रसाद दाहाललाई नगद सहित सम्मान गरिएको छ । तत्कालीन ताप्लेजुङ खेवाङ्गमा रहंदा खेवाङ्गको विकट स्थानमा पानीको अभाव हटाउन ढुङ्गा खोपेर १० स्थानमा २ मुरीदेखि २० मुरी सम्म पानी जम्मा हुने कुवा र ११ स्थानमा चौतारी निर्माणकार्य गरेको स्मरण गर्दै टिकाराम गौतम स्मृति प्रतिष्ठान फुङ्गलिङ ५ ताप्लेजुङले दाहाललाई सम्मान गरेको हो । संरक्षक तिला देवी गौतमले दाहाल निवास भद्रपुर १० मा एक कार्यक्रमका गरेर नगद रू १० हजार १ रुपैया र सम्मान पत्र सहित सम्मान गरिएको मणिकुमार दाहालले जानकारी दिए…

Read More

झापा, १५ बैशाख । इलामको माई नगरपालिका–२ चेप्टीस्थित ‘हेप्पी ड्रिम्स् चेप्टी’का सञ्चालक दिनेश शिवाकोटीले आफूले कुनै अवैध तरिकाबाट पार्क निर्माण नगरेको बताउनुभएको छ । आज पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले पार्क निर्माण थालेदेखि हालसम्म आफूले सबै सरकारी निकायबाट अनुमति लिएर काम शुरु गरेको बताउनुभयो । “स्थानीयबासीले भोग चलन गर्दै आएको जग्गा कम्पनीमार्फत् केही खरीद र केही लिजमा लिएर पार्क निर्माण शुरु गरेको हो”, उहाँले भन्नुभयो, “नगरपालिकादेखि सबै निकायमा वैध तरिकाबाट काम अघि बढाएको हो ।” पार्क निर्माणका क्रममा वनको जग्गा अतिक्रमण गरिएको भन्दै केही समययता आरोप लाग्दै आएको छ । सोही विषयमा अख्तियारले ३५ दिने म्याद दिएर पार्कको…

Read More

झापा, १५ बैशाख । सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोऱ्याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल छ । व्यापारघाटा कम गर्ने तथा राजस्वमा योगदान दिई देश विकासमा सहयोगी बन्ने यी स्रोतको निर्यातबारे उचित निर्णय लिन नसक्दा उपयोगको फाइदाबाट राज्य वञ्चित छ । नेपालको पूर्व–पश्चिम फैलिएको महाभारत शृंखलामा प्रचुर मात्रामा चट्टान रहेको विज्ञहरू बताउँछन् । यसबाट पर्याप्त मात्रामा ढुंगा, गिट्टी उत्पादन गर्न सकिने सम्भावना छ । खानी तथा भूगर्भ विभागका अनुसार अहिलेसम्म १४ जिल्लामा ९२ ओटा ढुंगाखानी मार्किङ गरिसकिएको छ । अन्य ठाउँमा खानी पत्ता लगाउने काम चलिरहेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले…

Read More

झापा, १५ बैशाख । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो । यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि सम्पर्क कार्यालय नै स्थापना गर्नुपरेको पर्यटन विभागले जनाएको छ । विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर…

Read More