
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ बैशाख । कोशी प्रदेश सरकारले १०० दिने उपलिब्ध सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच मुख्यमन्त्री हिक्मत कार्कीले कार्यभार सम्हालेयताको १०० दिने उपलब्धि सार्वजनिक गर्नुभएको हो । कोशी प्रदेश सरकारको १०० दिने कार्य उपलब्धी विवरण शासकिय सुधार तथा क्षमता विकास क्षेत्रः प्रदेशका मन्त्रालयहरुको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन (O & M) कार्य सम्पन्न गरिएको,प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएको।प्रदेशको नामाकरण भएको,प्रदेश भित्रका १५ स्थानीय तहहरु (सिरिजंङ्गा गा.पा.,फाकफोकथुम गा.पा., झापा गा.पा., शिवसताक्षी न.पा., रंगेली न.पा., भोक्राहानरसिंह गा.पा.,…
झापा, ५ बैशाख । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
झापा, ५ बैशाख । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित स्थापना भएको सो विहारमा अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको हो । विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको…
झापा, ५ बैशाख । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा। सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । ‘असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ’, उनले…
झापा, ५ बैशाख । नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिए । ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी) ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । स्वास्थ्य सचिव गुरागाईंले सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित…
हल्दिबारी, ५ बैशाख । झापाको हल्दिबारी गाउँपालिका–२ ले ६० जनालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । वडा कार्यालयको विनियोजित २ लाख बजेट मार्फत ६० जनालाई एम्बुलेन्स बापतको रकम भुक्तानी गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए । वडा अध्यक्ष राजवंशीका अनुसार प्रत्येक वर्ष वडाले एम्बुलेन्स सेवा प्रयोग गरे बापत बिरामीको परिवारलाई सेवा शुल्क भुक्तानी गरिदिँदै आएकोमा यस वर्ष विनियोजित रकम भन्दा बढीले सेवा शुल्क माग दाबी गरेकोमा दामासाहीमा उनीहरुलाई भुक्तानी गरिएको हो । नेपालमै एम्बुलेन्स सेवा निःशुल्क गर्ने हल्दिबारी–२ पहिलो रहेको समेत अध्यक्ष राजवंशीले दाबी गरे ।
झापा, ५ बैशाख । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक ब्यक्तित्व नारायण चिमरिया तथा उनकी श्रीमती संगिता चिमरीयाले बैवाहिक बर्ष गांठको अवसरमा विपन्न अपाङ्ग एक ब्यक्तिलाई सहयोग गरेका छन् । चिमरिया दम्पत्तिले आफ्नो २५ औं विवाह वर्षगाँठको अवसर पारी आज सोमबार झापा मेचिनगर १२ स्थित सहरेडांगीका विपन्न तथा सवारी दुर्घटनामा परी आपाङ्ग भएका प्रेम वर्देवालाई सहयोग गरेका हुन् । चिमरिया दम्पत्तीले उनको घरमै पुगेर खाध्यन्न तथा नगद सहयोग गरेका हुन् । चिमरिया नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको संयोजक तथा बिभिन्न संघ संस्थामा आबद्ध छन् । त्यस्तै उनकी श्रीमती संगिता विर्तामोड लेडि जेसिजको…
बिर्तामोड, ४ बैशाख । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको आज सोमबार बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् । त्यस्तै नगर कमिटिको उपाध्यक्षमाद्धय गोमा भट्टराई र उपेन्द्र बानिंया, सचिवमा केदार खनाल, सह–सचिवमाद्धय किरण पौडेल र कृष्णप्रसाद अधिकारी , कोषध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् । दुई वर्षे कार्यकाल रहने नगर कमिटीको अधिवेशनले कमिटिको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष…
बिर्तामोड, ४ बैशाख । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् । दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । कार्कीले पीडितलाई ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर छ । कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई जिल्ला अदालत झापाले १ महिना कैद सजाय हुने…
चारपाने, ४ बैशाख । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्यानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमवार (आज) बिर्तामोड–२ स्थित चारपानेमा नव बर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेस बिर्तामोड वडा नं. २ का अध्यक्ष देबीप्रसाद खरेलको सभापतित्वमा भएको नव बर्ष २०८० को शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री तथा कार्यक्रममा प्रमुख अतिथि केशवकुमार बुढाथाकी, संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरेको थिए । स्वागत तथा कार्यक्रमकोको औचित्यमाथि प्रकाश पार्टीका…