झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

देवेन्द्र किशोर ढुङगानाविश्व राजनीति तीव्र गतिमा बदलिँदै छ। यो परिवर्तनको प्रमुख चालक शक्तिका रूपमा उभिएको छ—जेन जेड पुस्ता। डिजिटल युगमा हुर्किएको यो पुस्ता केवल प्रविधिको प्रयोगकर्ता मात्र होइन, प्रविधिलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउने पुस्ता हो। सामाजिक सञ्जाल, अनलाइन अभियान, डिजिटल आन्दोलन र वैकल्पिक सञ्चार माध्यमहरूले उनीहरूलाई परम्परागत शक्ति संरचनाविरुद्ध प्रश्न उठाउने आत्मविश्वास दिएका छन्। जुलाई/अगस्त २०२४ मा बंगलादेशमा देखिएको जेन जेड–नेतृत्वको विद्रोह त्यसैको एउटा सशक्त उदाहरण हो। तर इतिहासले सिकाउँछ—आन्दोलन अन्तिम निष्कर्ष होइन, सुरुवात हो। वास्तविक परीक्षा आन्दोलनपछि सुरु हुन्छ।बंगलादेशमा भएको विद्रोहले शेख हसिनाको दीर्घकालीन सत्तालाई समाप्त गर्‍यो। विद्यार्थी र युवा वर्गको समर्थनमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम…

Read More

राजेश ढुंगाना नउदाउने सूर्यको आशामा मैले छट्पटाएर सिङ्गै एउटा अनिंदो रात कटाएको छु रातभरि जाग्राम बसेर मैले खोजेको बिहानको सूर्य नउदाउँदै किन यसरी अस्ताएको छ ? मेरो माटोमा सधैं अन्धकार छ मेरो देशमा सधैं महाप्रलय छ यो सत्य बिर्सदै म सूर्य उदाउने विश्वासमा छु के उदाउला त त्यो मेरो चम्किलो सूर्य ? म यतिबेला पनि त्यही आशामा जीवित बसेको छु – मरेर ।

Read More

सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ। सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद बढेर झडपको स्थिति बनेको थियो । जसका कारण परिस्थिति असामान्य बनेपछि दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ। कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज गर्नुपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए। अहिले स्थिति सामान्य बनिसकेको छ ।

Read More

दमक, ९ फागुन । निर्वाचनको दिन नजिकिँदै गर्दा झापाका सहर बजारमा चुनावी सरगर्मी बढेसँगै भक्काको व्यापार पनि बढेको छ । बिहान सबेरैदेखि सडकछेउ, खुला आकाशमुनि भक्का पकाउने र बेच्ने महिलाको भिड लाग्ने गर्छ । विशेष गरी दमक, बिर्तामोड, भद्रपुरलगायतका मुख्य चोक, बसपार्क र बजार आसपासका स्थानमा भक्का खान झुमिएकाको चुनावी छलफल र धारणा सुन्दा पनि उत्तिकै रोचक छ । काममा निस्कने मजदुर, बिहानै हिँड्ने व्यापारी, चुनावी भेटघाटमा जुटेका कार्यकर्ता सबैको पहिलो रोजाइ प्रायः भक्कै हुने गरेको छ । चुनावकै लागि बाहिरबाट घर फर्किएका युवा, गाउँटोलमा गफगाफ गर्न भेला हुने समूह र पार्टीका कार्यकर्तालाई बिहानैदेखि भक्काको तातो बाफ र स्वादिलो अचारले आकर्षित गरिरहेको हुन्छ । व्यवसायी…

Read More

काठमाडौँ, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो । यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तर्राष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो । यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद…

Read More

रौतहट, ९ फागुन । दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार दुवै पक्षबीच ६ बुँदे सहमति भएपनि अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो । सदरमुकाम गौरका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आदेश तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । जारी आदेशअनुसार पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया खोला, उत्तरमा जमुना नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ । तोकिएको क्षेत्रमा पाँच जनाभन्दा…

Read More

झापा, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापामा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे हुने अन्तरक्रियामा सहभागी हुने भएका हुन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने उक्त कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ। हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो। अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन गरिने शर्माले जानकारी दिए। निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय,…

Read More

झापा, ९ फागुन । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए । उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग…

Read More

झापा, ९ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा थियो। गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो। त्यसैगरी आज युरो…

Read More

धनगढी, ९ फागुन । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ । यस्तै, सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१…

Read More