झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १७ पुस । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेशसभा नियमावली २०७४(संशोधन सहित) पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेवुल भएको छ । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो । हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनिक रुपमा…

Read More

भद्रपुर, १७ पुस । झापाको भद्रपुर नगरपालिका–१० देउनियामा झापा अटो सञ्चलनमा आएको छ । झापा अटोको आज उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गर्नुभएको छ । चार कठ्ठा जग्गा बहालमा लिएर विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएका हुन् । जग्गासहित करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीले जानकारी दिनुभयो । झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको व्यवस्था रहेको जनाइएको छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेशन समेत सञ्चालन गरिने सञ्चालक विभुराज दाहालले…

Read More

कनकाई, १७ पुस । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन लाई स्वागत तथा नेपाली टोपी दिवसको अवसरमा झापाको कनकाई कर्मचारी परिवारले एक कार्यक्रमको आयोजना गरी नेपाली टोपी मनाएका छन् । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरिएको कनकाईनगर कर्मचारी परिवारले जनाएको छ। जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको सम्झना स्वरुप कनकाईन नगर कर्मचारीहरुको तर्फबाट पनि यो दिवस मनाईएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नेपालीहरुको पहिचान नै ढाका टोपी हो भन्ने विश्व माझ…

Read More

भद्रपुर, १७ पुस । झापामा हात्तीको आक्रमणमा परी श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते भएका छन् । शिवसताक्षी–११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६१ वर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते हुनुभएको कृष्णमायालाईे अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान शान्तिाराम पनि गम्भीर घाइते हुनुभएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आहाराका लागि जंगलबाट हत्ती गाउँ पसेका थिए । केहीदिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ । एउटा…

Read More

विराटनगर, १७ पुस । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवाफ दिनुपर्नेमा जोड दिएका हुन । प्रदेशको नामाकरणसँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त्त भएर सबै दलहरुले सहकार्य गरेमात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टिहुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ । समापन कार्यक्रमा बोल्दै सबै भन्दा…

Read More

बुट्टाबारी, १७ पुस । कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुको वंशावली पुस्तक बिमोचन भएको छ । कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धु वंशावली प्रतिष्ठान केन्द्रिय समितिले शनिवार दशनामी झापाको भवन बुट्टाबारीमा वंशावली पुस्तक बिमोचन गरेको हो । प्रतिष्ठानका अध्यक्ष नरेशकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल दशनामी समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरीले बंशावली पुस्तकको बिमोचन गरेका हुन् । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, काठमाडौं, भक्तपुरसहित देश तथा बिदेशमा रहेका कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुहरुलाई एकताबद्ध गर्ने उदेश्यले वंशावली प्रकाशन गरिएको प्रतिष्ठानका सचिव हर्कलाल गिरीले जानकारी दिए । प्रतिष्ठानका सदस्य देउमान गिरीले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र गिरीले कार्यक्रमको…

Read More

विर्तामोड , १६ पौष । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान)झापाको आयोजनामा जारी जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ।पुष २ गते देखि सुरु भएको खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।प्रतियोगिता विर्तामोड -३ मा अवस्थित डोमालाल राजवंशी रंगशालामा भएको थियो । प्रतियोगिताको क्रिकेट तर्फ आस्था कलेज , प्रथम,निदि कलेज , विर्तामोड ,द्वितीयर बाल्मिकी कलेज , विर्तामोड ,तृतीय भएका छन् । त्यस्तै फुटबल तर्फ कन्काई क्याम्पस , विर्तामोडले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय बाल्मिकी कलेज, विर्तामोडर तृतीय ग्लोवल कलेज, दमक , भएका छन् । त्यस्तै छात्र तर्फ भलिबलमा आस्था कलेज , दमकले प्रथम स्थान हासिल गरेको छ…

Read More

भद्रपुर, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताएका हुन् । शर्माले सरकारमा नगए पनि राष्ट्रको उन्नतिका लागि काम गर्न कसैले रोक्न नसक्ने भन्दै स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको उन्नतिका लागि निरन्तर काम गर्न सकिने प्रष्ट पारेका हुन् ।…

Read More

भद्रपुर, १६ पुस । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान सहित वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न भएको हो । सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले ४३८ महिला सदस्य तथा ५२१ पुरूष सदस्य सहित ९८६ शेयरधनी विवरण पेश गर्दै पाँच करोड ४९ लाख ३४ हजार ३१५ रूपैया बरावर वार्षिक कारोवार विवरण समेत पेश गरेका थिए । जसमा संस्थाले खुद नाफा पाँच लाख ९० हजार ९ सय ३३ रूपैया…

Read More

कनकाई, १६ पुस । नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशनसहितको साधारण सभामा स्थानीय पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्निप्रसाद नेपाल र ७२ वर्षीय दलबहादुर नेपाली सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट समाजको चौतर्फी विकासमा कलम चलाएको भन्दै कनकाई—७ निवासी पत्रकार निरौलालाई सम्मान गरेको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथी प्रहरी नायव उपरिक्षक रुगनबहादुर कुवँर साथै संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाई लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान…

Read More