झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ माघ । झापामा जंगली हात्ती नियन्त्रणका लागि दुई वटा क्षेत्रमा विद्युतीय तारवार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्यतुीय तारवारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिनुभयो । जसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारवारको काम सकिएको छ । दुवै वन क्षेत्रमा चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारवारको काम भइरहेको हो । नेपाल सरकारको…

Read More

झापा, ९ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाइ ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ९ माघ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए । उनले भने, “विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो। सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि…

Read More

झापा, ९ माघ । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ । भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को ५ महिना (साउन–मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ । आव २०७७र७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन…

Read More

झापा, ९ माघ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई विपक्षी दलको दाबी गर्दै हारगुहार गरेको हो । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले बताए । उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दलबाहेकका दलहरूले सरकार बनाइसकेपछि ठूलो दलका हैसियतले कांग्रेस प्रतिपक्षी दल…

Read More

झापा, ९ माघ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो । सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत…

Read More

झापा, ८ माघ । झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार अस्थायी प्रहरी पोस्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ मेचीपुल छेउ स्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको ४ हजार ९६० रुपैयाँ बराबरको १२४ किलोग्राम मैदा पिठो, १ हजार ४० बराबरको १६ किलोग्राम चिनी गरी ६ हजार बराबरको सामान नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको छ । प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–७ छ नम्बर पोष्टबाट भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको १३ हजार ५ वटा स्टिलको बेसिन नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी मेची भन्सार…

Read More

पोखरा, ०८ माघ । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृतात्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजापाठ गरिएको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आइतबार उक्त पूजा आरधनासहित दीप प्रज्ज्वलन गरिएको हो । समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पुजापाठ गर्दा दिवंगत आत्मले शान्ति पाउने व बताउनुभयो । ‘यति एयरको विमान दुर्घटना भएको आज एक हप्ता पुगेको छ ।’ धर्मगुरु लामाले भन्नु भयो,’विमान दुर्घटना माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो, हामीले सोही समय पारेर मोन्लम पाठ वाचन गरेका…

Read More

भद्रपुर, ८ माघ । झापाको भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं स्थापना दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ३४ जनाले रक्तदान गरेका हुन् । सहकारीका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झपाको रहेको थियो ।

Read More

झापा, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको नेतृत्वमा विभिन्न वस्तुगत संघका अध्यक्षसहितको टोलीले सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । उक्त टोलीले सभामुख पदमा निर्वाचित घिमिरेलाई आज कार्यकक्षमै पुगेर बधाई दिएको हो । महासंघका उपाध्यक्ष श्रेष्ठले वर्तमान आर्थिक तरलताको अभाव, बैंकको ब्याज, विभिन्न ऐन संशोधनका विषयमा सभामुखको ध्यानाकर्षण समेत गराएका छन् । त्यस्तै, महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधानले निर्यात लगायत विभिन्न वस्तुगत क्षेत्रमा उद्यमी व्यवसायीले भोग्नु परेको कठिनाइको विषयमा अवगत गराएका थिए । नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र अम्लिसोमा बङ्लादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अवगत गराउँदै समस्या…

Read More