
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २७ माघ । लैङ्गिक हिंसा न्युनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको बताउनुभयो । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढी रहेको भन्दै उहाँले सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्युनिकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभयो । त्यस्तै, कार्यक्रममा बोल्दै…
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोडमा जनस्तरबाट ‘नागरिक सामुदायिक अस्पताल’ को निर्माण कार्य सुरु भएको छ । स्वास्थ्यमा विपन्न नागरिकको पहुँच बढाउने उद्देश्यले अस्पतालको निर्माण कार्य थालिएको हो । नागरिक स्वास्थ्य सहकारी संस्थामार्फत अस्पतालको निर्माण कार्य अगाडि बढाइएको छ । बिर्तामोड–४ मा लिइएको साढे १० कठ्ठा भाडाको जग्गामा भूकम्पप्रतिरोधी भवन निर्माण भइरहेको अस्पतालका कार्यकारी प्रमुख कृष्णप्रसाद पौडेलले बताए । ‘सेवाभन्दा पनि नाफामुखी उद्देश्यले सञ्चालन भएका अस्पतालको तुलनामा नागरिक अस्पतालले सहुलियतमा उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ’, कार्यकारी प्रमुख पौडेलले भने, ‘बिर्तामोडका अगुवा यो अस्पताल निर्माणका लागि खटिनु भएको छ ।’ ५० बेड क्षमताको लक्ष्य राखेर साढे पाँच करोड रुपैयाँको…
विराटनगर, २७ माघ । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाईने गरेतापनि सञ्चार क्षेत्रको खवरदारी आवस्यक रहेको बताएका छन् । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी धामी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका…
तेह्रथुम, २७ माघ । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा म्याङलुङ–६ का ७६ वर्षीया हर्क मोती लिम्बु रहेही छन । हिजो राति साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकामतर्फ जाँदै गरेको को १ त ५५३८ नम्बरको ट्रयाक्टरले पैदल यात्री स्थानीय ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिँदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा भान्साघरमा आगो ताप्दै गरेकी लिम्बुको आमा हर्क मोती समेत घाइते भएकोमा दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु…
झापा, २७ माघ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो । स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १ को इन्चार्ज, अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डे, अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललार्इ जिम्मेवारी तोकिएको छ ।
झापा, २७ माघ । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उनले जानकारी दिए । “आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ”, उनले…
झापा, २७ माघ । जिल्लाकै उत्कृष्ट सामूहिक विद्यालय धुलाबारी माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ। विव्यस अध्यक्षमा गणेशविक्रम नेम्वाङ पाँचौँ कार्यकालका लागि निर्विरोध चयन भएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक उन्नयनमा नेम्वाङले पुर्याएको देनका कारण उनी पाँचौँ पटक अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईँले दिएको जानकारी अनुसार सदस्यमा खड्गप्रसाद सिटौला, मुना बाँस्कोटा भेटवाल, सावित्रा ढकाल, शिक्षक प्रतिनिधि धनु भट्टराई र पदेन सदस्यमा मेचीनगर नगरपालिका ( १० का वडाध्यक्ष नारायण खनाल चयन भएका छन् । अध्यक्ष नेम्वाङ, सदस्यहरु सिटौला, बाँस्कोटा, ढकाल, भट्टराई र खनालको बिहीबार सम्पन्न भेलाले सामाजिक…
झापा, २७ माघ । होटल हिकोला हेरिटेजको तीन दिवसीय वार्षिकोत्सव कार्यक्रम बिहीवारदेखि झापाको काँकडभिट्टामा सुरु भएको छ । भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा र नाचगानसहित स्वागत गर्दै होटल हिकोलाले वार्षिक कार्यक्रमको सुरुवात गरेको हो । २०७६ माघ २६ गते स्थापना भएको होटल हिकोला हेरिटेजको यो तेस्रो वार्षिकोत्सव हो । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए । उद्घाटनलगत्तै कोरोना संक्रमण बढेपछि पूर्ण सञ्चालनमा नआउँदै होटल बन्द भएको थियो । होटल परिसरमा आयोजित समारोहका बीच प्रदेशसभा सदस्य गोपाल तामाङले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटनपछि होटल व्यवस्थापन लाखे…
बिर्तामोड, २७ माघ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो । ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन।के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ७का वडाध्यक्ष कृष्ण प्रसाद खरेल अविरलले अनुगमन गर्नु भएको छ । वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताउनुभयो । उहाँले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि…
झापा, २७ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै सबै क्याम्पसले निर्वाचनको प्रक्रिया शुरु गरेका छन् । क्याम्पस प्रमुखले विद्यार्थी संघ–संगठनसँग छलफल शुरु गरेको छ । समितिका सदस्य–सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तीन दिनअघि निर्देशिका पारित भई कार्यान्वयनमा आएको जानकारी दिए । १३ बुँदे निर्देशिकामा निर्वाचनको विषयमा बन्द हड्तालाई…