
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा तोरी खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नगरपालिकाले प्रोत्साहन स्वरुप प्रतिकट्ठा रू एक हजार उपलब्ध गराउन थालेपछि यहाँका कृषक तोरी खेतीमा आकर्षण बढेको हो । नगरका विभिन्न स्थानमा हाल पहेंलपुर भएर तोरी फुलेका छन् । भद्रपुर नगरपालिकाले तोरी खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिन चालू आर्थिक वर्षमा रू पाँच लाख विनियोजन गरेको नगरका कृषि विकास शाखा प्रमुख नविन कुँवरले जानकारी दिनुभयो । नगरपालिकामा छ हजार तीन सय कट्ठा तोरी खेती गरिएको भन्दै ३३५ जनाले प्रोत्साहन अनुदानका लागि आवेदन दिएका छन् । अनुगमनपछि चार हजार पाँच सय कट्ठा अनुदानका लागि छनोट भएको प्रमुख…
झापा, १४ माघ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुने बताए। ‘ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ’, उनले भने। मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। यता…
झापा, १४ माघ । कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा गर्न मिल्छ ? अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गरे, चुनाव पनि जिते। त्यति मात्र होइन, उपप्रधान तथा गृहमन्त्री पनि बने। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो। त्यहाँ पनि लामिछानेलाई ‘चोख्याउन’ सम्पूर्ण राज्य संयन्त्र परिचालन गरियो। तर, मुलुकको सर्वोच्च न्यायालयले भने मानेन। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको नागरिकता रद्द गर्यो। सांसद बन्न अयोग्य भएको फैसला शुक्रबार गर्यो। राज्यले नै भन्यो– अनागरिकले चुनाव लड्न पाउँछउपप्रधान…
झापा, १४ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
बिर्तामोड, १४ माघ । बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुक्रबारदेखि शुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । तालिममा बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरुबाट ६० जना सहभागि छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिनु भयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने बताउनु भयो…
विराटनगर, १३ माघ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन् ।विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको बताएका हुन् । ‘निजामती सेवा ऐन यही अधिवेशनमा ल्याउने मेरो प्रयास हुन्छ । २ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ मोदीले भने, ‘संघीयता कार्यान्वयन गर्ने कुरामा सबै राजनीतिक दल जिम्मेवार छन् । संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी…
झापा, १३ माघ । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ । विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो । कार्यालयमा मन्त्रालयकै मातहतमा रहनुभएकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेको शङ्का लागेमा जाँच गर्ने गरिएको जानकारी दिए । उनले डेस्कमा दैनिक पाँचदेखि १५ जनासम्मको मलेरिया र तीनदेखि चार जनासम्मको एचआइभी परीक्षण गरिँदै आएको बताए । “हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्छौं”, उनले भने,…
भद्रपुर, १३ माघ । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघसंस्थासँग छलफल समपन्न गरिएको छ । गोल्ड कप आयोजक समितिको आयोजनामा आज मेची रंगशालामा भएको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाको उपस्थिति रहेको थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघसंस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड कपलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।गोल्ड कपको आयोजनाले मेची रंगशालाको मात्र नभई भद्रपुर नगरकै मुहार फेरिने उनीहरुको भनाइ थियो । फुटबल प्रतियोगिताको आयोजनाले भद्रपुर सजिँदै गएको र भद्रपुरको रौनकता फर्किंदै गएको सहभागी वक्ताको धारणा थियो ।छलफलमा गोल्ड कपका सल्लाहकार तथा…
कनकाई, १३ माघ । सुरुङ्गा जेसीजको चौधौं पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम भोलि १४ गते शनिबार गर्ने तयारी गरिएको छ। कार्यक्रमका लागि प्रदेश १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीलाई भोलि सुरुङ्गामा निमन्त्रणा समेत गरिएको छ।कार्यक्रमका लागि प्रदेश १ का मुख्य मन्त्री कार्की भोलि सुरुङ्गा आउने निश्चित भएको सुरुङ्गा जेसीज वर्ष २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले जानकारी दिनुभयो । सुरुङ्गा जेसीजको पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा यस अघिपनि विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा गर्ने गरिएको थियोे । गत पौष २८ गते सम्पन १५औं साधारण सभाबाट अध्यक्ष पदमा सुरुङ्गाका युवा व्यावसायी प्रविन तिम्सिना सर्वसहमत चयन हुनुभएको थियो।सुरुङ्गाका युवा क्षेत्रका एक सफल उर्जाशिल…
झापा, १३ माघ । झापाको कन्काई नगरपालिका–३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कन्काई नगरपालिका–३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे १०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको…