
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ७ फागुन । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्रि पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिबार बिर्तामोडमा शिवरात्रिको अवसर पारेर भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यपण गरी शिवरात्रि मनाएको हो । त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको तेस्रो स्मृति दिवस मनाएको हो । नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको स्मृति सभामा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगर बरिष्ठ उपाध्यक्ष नारायण गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गोविन्दबिक्रम, समाजका केन्द्रिय सल्लाहकार हर्कलाल गिरी,…
मोरङ, ४ फागुन । मोरङको लेटाङ नगरपालिका–३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे को. २ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह–चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ–३ का अमन थारुलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ६ फागुन । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा भएको बिष्फोटमा परी त्यहाँ कार्यरत मजदुर सरोज सुन्दासको मृत्यु भएको हो । उद्योगमा सुन्दास लोक्ता पकाउने प्राविधिकका रुपमा कार्यरत थिए । घटनामा अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनामा परेर खोटाङको मानेभन्ज्याङ गाउँपालिका–३ घर भएका १९ वर्षीय सुन्दासको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
झापा, ६ फागुन । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका…
झापा, ६ फागुन । राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् । पार्टीभित्रका आन्तरिक विवाद थाँती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन् । उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा जुटेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको निर्णयलाई नमान्न…
झापा, ६ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्यवस्तु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् । कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । वस्तु र सेवाका नाममा मनपरी शुल्क लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कारबाही गर्ने…
झापा, ६ फागुन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए । विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९–८० को सात महिनाको अवधिमा (साउनदेखि माघसम्म) विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ । आठवटा मुद्दाका…
बिर्तामोड, ५ फागुन । सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक अन्योलताको अत्य गर्दै दलहरुले नयाँ दिशा दिनुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडमा प्रेस चौतरी झापाले आज आयोजना गरेको पत्रकार भेटघाटमा सभामुख घिमिरेले मुलुकमा आर्थिक र राजनीतिक अवस्था प्रतिकूल रहेकाले दलहरुले सही दिशा दिनुपर्नेमा जोड दिनुभयो । “सरकारमै बसेर संविधान र संघीय गणतन्त्रको विरोध र समर्थन भइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुक–राजनीति प्रतिकूल र चुनौतिपूर्ण अवस्थामा छ ।” अर्थतन्त्र जर्जर भएकाले विकासका योजना कटौती, नयाँ कामहरु अन्योलमा परेको बताउनुभयो । मुलुकको आर्थिक अवस्था मजबुद बनाउन उत्पादकत्व बढाउनुपर्ने र विदेशिइरहेका युवालाई रोक्न सरकारले कदम चाल्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पत्रकारले…
धनकुटा, ५ फागुन । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले(छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम ९१५ बोरा० गाँजा बरामद गरेको थियो । उक्त गाडी प्रहरीले रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फाल्गुन ३ गते सुनसरीको इटहरी–२ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक…
झापा, ५ फागुन । धुलाबारी नमूना माविले ७१ औँ वार्षिकोत्सव नमूना कार्यक्रम गरेर मनाएको छ। सो विद्यालयले औपचारिकतामा आफूलाई सीमित नै राखेन । परिवर्तनका पक्षधर भाषाशास्त्री महानन्द सापकोटाले २००८ सालमा उदघाटन गरेको सो विद्यालयले आफूलाई शुक्रबार पनि परिवर्तनकै पक्षमा उभ्यायो। अतिथि स्वागत, बिदाइ, सम्मान देखिँदै, गरिँदै र अहिलेसम्म चल्दै आएका कार्यक्रम हुन् । तर, सो विद्यालय परिसरका दृष्यले प्रष्ट संकेत गरिरहेका थिए,” नमूनाको नाम पक्कै भझाइने छैन, “नाम अनुसारको काम पनि हुन्छ, भइरहेको छ र गरिन्छ।” विद्यालयको औपचारिक कार्यक्रम रहर लाग्दो थियो, छोड्नै मन नलाग्ने । अरु नृत्य त जहाँ पनि । सो विद्यालयको वार्षिकोत्सबमा नाचिएका नेवार, मगर, थारु, टप्पा…