
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ माघ । मुलुकका सहरी क्षेत्रका अधिकांश स्थानीय तहले आफ्नो पालिकाभित्र कृृषियोग्य जमिन शून्य भएको देखाउन थालेका छन्।यस आधारमा सरकारी अभिलेखमा कृषियोग्य जमिन घट्दै गएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आफ्नो पालिकाभित्रको सबै जग्गा गैरकृषि क्षेत्र ९आवासीय० भएको विवरण तयार पारी भूमि व्यवस्थापन विभाग र नापी विभागमा पठाएको छ। यसअघि उक्त पालिकाले जग्गा वर्गीकरणमा प्राविधिक सहयोग गर्न नापी विभागलाई चिठी लेखेको थियो।तर उसले विभागका प्राविधिकको सहयोगबिनै एकैपटक सबै जग्गा गैरकृषि क्षेत्र भनेर विवरण तयार पार्यो।अब मालपोत कार्यालयको आधिकारिक अभिलेखमा चन्द्रागिरिमा खेतीयोग्य जमिन एक इन्च पनि छैन। यसबाट चन्द्रागिरि नगरपालिकामा कृषि अनुदान तथा वैज्ञानिक उन्नतखेतीसम्बन्धी प्रदेश सरकार र संघीय सरकारले सुरु…
झापा, २७ माघ । सर्वोच्च अदालतले कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाउने कानूनी प्रावधानको पक्षमा फैसला गरेको छ । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन कार्यान्वयन नगर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्चले खारेज गरेपछि कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने बाटो खुलेको हो । यसअघि पटकपटक कृषिक्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्ने आवाज उठ्दै आएको थियो तर, पनि वैदेशिक लगानीमाथिको अवरोध हट्न सकेको थिएन । खासगरी उद्योगी, व्यवसायीले कृषिमा वैदेशिक लगानी ल्याउँदा साना किसानले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गर्दै आएका थिए । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन गर्दै ७५ प्रतिशत…
झापा, २६ माघ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ । यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए ।
बिर्तामोड, २६ माघ । बिर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाउनुभएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउछन् । चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन् । सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि…
मोरङ, २६ माघ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो । ‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गत बर्षदेखी छात्राबृत्ती प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२हजारका दरले छात्रबृत्ती प्रदान गरिरहने मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले बताए । पुर्व…
झापा, २७ माघ । झापाको कनकाईमा भएको विद्यालयस्तरीय १३ औं राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले प्रथम स्थान हात पारेको छ । कनकाई नगर खेलकुद विकास समिति र कनकाई नगर शिक्षा शाखाको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलाडी छनोट प्रतियोगिताबाट कनकाई माविले २३ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको हो । अब जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको कनकाई माविले ७ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । आयोजक समितिका अध्यक्ष जविन तिम्सिना साथै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले उत्कृष्ट खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभयो। प्रतियोगिताको दोस्रो स्थानमा आदर्श विद्या…
रौतहट, २६ माघ । जिल्लाको मौलापुर नगरपालिका–९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झडप हुँदा एक महिला को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले बताए । घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताए । यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।…
झापा, २६ माघ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको…
झापा, २६ माघ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधबार मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक विद्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सीता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालको प्रमुख आतिथ्यमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होमका मेनेजर मोहम्मद जियाउल हकसहित १२ जना बिशेषज्ञ डाक्टरको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाँटी तथा आँखा रोग सम्बन्धी समस्या भएका ३९४ जना स्थानीयबासी…
झापा, २६ माघ । झापामा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–३ का युवराज भनिने ४५ वर्षीय यामनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतले २०७७ माघ २७ गते भएको फैसलाबिरुद्ध पुनरावेदन परी सम्मानित उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९ बेशाख २१ गते शुरु फैसला केही उल्टी भई तीन महिना कैद र ३ हजार जरिवाना फैसला भएको थियो । प्रहरी कार्यालय झापाबाट फैसला कायाँन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधबार फैसला कायाँन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेशमा पौडेललाई कैद…