
झापा, २६ माघ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
बुधबार मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक विद्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सीता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालको प्रमुख आतिथ्यमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होमका मेनेजर मोहम्मद जियाउल हकसहित १२ जना बिशेषज्ञ डाक्टरको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाँटी तथा आँखा रोग सम्बन्धी समस्या भएका ३९४ जना स्थानीयबासी तथा स्थानीय प्रहरी कर्मचारीले समेत सेवा लिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



