
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, ११ फागुन । प्रदेश न १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सधैं कृषकहरुको साथमा प्रदेश सरकार रहेको बताउनुभएको छ । झापाको कनकाईस्थित सुरुङ्गामा आज बुधबार आयोजित एक दिवसीय कृषि मेला प्रदर्सनी कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा मन्त्री सिटौलाले सो कुरा बताउनु भएको हो। उहाँले कृषकहरुले उत्पादन गरेका सामग्रीको अवलोकन गर्दै प्रदेश सरकार कृषकहरुका लागि अब उत्पादनमा केही समस्या नहोस र सामाग्री कसरी बढी भन्दा बढी उत्पादन गर्नेकुरामा प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतीवद्धता जनाउनु भयो । कृषि प्रदर्सनी मेलाको अवलोकन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले कृषकहरुले उत्पादन गरेका सामाग्रीले स्थानीय तहलाई थप उत्साहित बनाएको र…
बिर्तामोड, ११ फागुन । बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाईदिएर स्वागत गर्नु भयो । नगर प्रमुख प्रसाईले समितिका सबैजनालाई आधिकारिक पत्र समेत प्रदान गर्नु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलकुद विकास समितिलाई अव्वल ढंगले अघि बढाउन सुझाव दिनु भयो । सबै विधाका खेलहरुलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै उहाँले युवाहरुसंग नगर खेलकुद क्षेत्रमा सुधारको अपेक्षा…
झापा, ११ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ। अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ। यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन्। यसैक्रममा आइजिपीका लागि प्रबल दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले यस्तै रस्साकस्सीकै बीचबाट बाहिरिनुपरेको छ। २८ वर्ष सेवाकालमा नदेखिएको उमेर विवाद एआइजी बढुवाकै मुखमा बाहिरिँदा उनले सेवाबाटै राजीनामा दिनुपरेको हो। जन्ममिति र शैक्षिक योग्यतामा प्रश्न उठाउँदै फागुन ३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको…
झापा, ११ फागुन । ‘मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागिता रहने अभियान बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलोसम्म पुगेर सदस्यता नवीकरण, वितरण र पार्टी कमिटीलाई सुचारु बनाउने निर्णय बैठकले गरेको छ । बैठकमा हिन्दुराष्ट्र कायम, नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउन, समानुपातिक र आरक्षण वर्गीय आधारमा गर्न, पञ्चायतकालदेखि लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ति छानबिन, एमालेको शत्रु र मित्र एकिन गरी तत्कालीन कार्यनीति प्रष्ट हुन छलफलका लागि प्रस्ताव पेश गरिएको…
झापा, ११ फागुन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भने, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।” डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै छ । मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा…
भद्रपुर, १० फागुन । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरामा आज विद्यालय बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । विद्यालय बसको ठक्करबाट मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ वर्षीय समीर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबट आउँदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड–२ स्थित निधि क्याम्पसको बसले ठक्करबाट मोटरसाइकल लिम्बु गम्भीर घाइते भएका थिए । लिम्बूको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कचनकवल, १० फागुन । झापाको कचनकवल गाउँपालिकामा ४० हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ । झापामा हात्तीपाइले रोगको धेरै जोखिम भएको क्षेत्र यस पालिकमा औषधि सेवन गराउन अधिकतम् प्रयास भइरहेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशीले जानकारी दिनुभयो । “औषधि सेवन दर बढाउने अधिकमत् प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले त्यसका लागि तयारी पनि पुरा गरेका छौँ ।” गाउँपालिकामा माइकिङ, सरोकारवालासँग अन्तरक्रिया र जनेचतनामूलक सामग्री प्रचार–प्रसारको काम भइरहेको उहाँले बताउनुभयो । हात्तीपाइले गम्भीर प्रकृतिको रोग भएकाले लक्षित सबै वर्गलाई औषधि सेवन गर्न उहाँले अपिल समेत गर्नुभएको छ । ४० हजार गाउँपालिकाबासीलाई औषधि सेवन गराइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख…
चन्द्र बस्नेतकनकाई, ९ फागुन । हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम फागुन ११ गतेपर्सि देखि सुरु हुनेभएको छ । झापा रोग देखापरेको छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । झापा सहित १५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । सरकारले यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि…
भद्रपुर, १० फागुन । झापाको भद्रपुर रंगाशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप अन्तरगत आजको खेल मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बीच हुनेछ । दिउँसो दुई बजेदेखि शुरु हुने खेलमा बिजेताले सेमिफाइलनको यात्रा तय गर्नेछन् ।
झापा, १० फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा…