
कचनकवल, १० फागुन । झापाको कचनकवल गाउँपालिकामा ४० हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ ।
झापामा हात्तीपाइले रोगको धेरै जोखिम भएको क्षेत्र यस पालिकमा औषधि सेवन गराउन अधिकतम् प्रयास भइरहेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशीले जानकारी दिनुभयो । “औषधि सेवन दर बढाउने अधिकमत् प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले त्यसका लागि तयारी पनि पुरा गरेका छौँ ।” गाउँपालिकामा माइकिङ, सरोकारवालासँग अन्तरक्रिया र जनेचतनामूलक सामग्री प्रचार–प्रसारको काम भइरहेको उहाँले बताउनुभयो । हात्तीपाइले गम्भीर प्रकृतिको रोग भएकाले लक्षित सबै वर्गलाई औषधि सेवन गर्न उहाँले अपिल समेत गर्नुभएको छ ।
४० हजार गाउँपालिकाबासीलाई औषधि सेवन गराइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । स्थानीय भाषामा समेत माइकिङ र जनचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । “धर्मगुरुको उहाँहरुकै भाषामा सन्देशमूलक सामग्री प्रकाशन गरेर प्रशारण गरेका छौं”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन उहाँहरु पनि प्रतिबद्ध भएर लाग्नुभएको छ ।
भोलि (फागुन ११) गतेदेखि शुरु हुने अभियानमा गाउँपालिकामा औषधि सेवन गराउन दैनिक २६ जना जनशक्ति खटिने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



