
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ फागुन । उदयपुर, झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका–४ स्थितमा चेक जाँचको क्रममा सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थितबाट भारत बाट नेपाल आउदै गरेका उदयपुरका २४ बर्षीय रोशन परीयारलाई लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको मे १ ख ३०५४ नम्बरको…
झापा, २ फागुन । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । चित लामा निर्देशित र याङगेची लामाको सह निर्देशन गीतको भिडियोमा सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनय देख्न सकिन्छ । चित लामा र सन्दिप पाख्रिनको छायांकन तथा ड्रोन, एफ साइनिक फिल्मसको सम्पादन , रहेको…
बिर्तामोड, २ फागुन । झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तराष्ट्रि औद्योगिक ब्यपार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने छ । यसैक्रममा मंगलबार वीरता जेसीजको आायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यपार महोत्सव २०७९ सफल पार्न जेसीजकाो भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक राजु न्याौपाने, जेसीज निर्वतमान अध्यक्ष…
बिर्तामोड, २ फागुन । झापाको बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ बाटै रहेकाकारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता…
झापा, २ फागुन । नेपाली कांग्रेस झापाले ६ महिने कार्यतालिका बनाएर जिल्लाका १३१ वटै वडामा प्रतिनिधिहरु खटाएको छ । झापा कांग्रेस सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको वैठकले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । खटिएका प्रतिनिधिहरुले वडा, गाउँ नगर, प्रदेश सभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रको सम्मेलन गराउने , वार्षिक क्यालेन्डर अनुसार प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमहरु सवै वडा र ११३१ टोल समितिमा सञ्चालन गर्नु गराउनु पर्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए । त्यसैगरी राष्ट्रिय मेलििदवस, सहिद दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवसका कार्यक्रमहरु पार्टीका सबै तह र…
झापा, २ फागुन । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुगेका छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन्। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू ९२६ वर्ष० पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्छिन्। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थालेकी हुन् । उनले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताए। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा छन् उनी। बिन्दुले भनिन्,…
झापा, २ फागुन । बचत तथा ऋण सहकारी संस्थामा बचतको सीमा नतोक्न सहकारीका सञ्चालकहरूले लबिङ शुरू गरेका छन् । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहित सहकारी ऐन संशोधनको प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न उनीहरूले लबिङ थालेका हुन् । सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीका नेताहरूले आइतवार र सोमवार विभिन्न मन्त्रालयका मन्त्री, प्रतिनिधिसभाका सभामुखका साथै पूर्वमन्त्रीहरूलाई भेटेर सीमा तोक्ने प्रावधान हटाउन माग गरेका छन् । यसका लागि उनीहरूले आइतवार भूमि व्यवस्था तथा सहकारीमन्त्री राजेन्द्रकुमार राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानसँग भेट गरेका थिए । सोमवार पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल,…
झापा, २ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ। मन्त्रालयले संघ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ। यस्तै कार्ययोजनामा संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची…
भद्रपुर, २ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ । त्यस्तै, दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । पछिल्लो ए डिभिजन लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो । भद्रपुर झापा गोल्ड कपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो । चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ । मछिन्द्र…
सुरुङ्गा, १ फागुन । २८ औं जनयुद्ध दिवसको असवरमा नेकपा माओवादी केन्द्र कनकाईले पुर्वको पवित्र कनकाई माई नदी र कनकाई घाट क्षेत्रको सरसफाई गरेको छ । माओवादी केन्द्र कनकाईको आयोजनामा कनकाई माई नदी परिसरको कनकाई घाट क्षेत्रको सरसफाई गरिएको कनकाई माओवादी केन्द्रका अध्यक्ष यामनाथ सेडाइँले बताउनुभयो । २०५२ साल फागुन १ गते आजैका दिनबाट माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो । उक्त दिनलाई माओवादीले आफ्नो जनयुद्धको दिवशका रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । सरसफाई कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले माओवादी आन्दोलनको जगमा…