
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ फागुन । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा जगदम्बा टोल विकास संस्थाले आयोजना गरेको तालिम सम्पन्न भएको हो । तालिममा सहभागी ६० जनालाई दिनानाथ शिवाकोटीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । दुई दिनसम्म चलेको तालिममा व्यावसायिक रुपमा अचार बनाउने सीप प्रदान गरिएको जगदम्बा टोल विकास संस्थाका अध्यक्ष बिक्रम बस्नेतले जानकारी दिनु भयो । उहाँले टोलका महिला सदस्यहरुलाई ३०/३० जनाका दरले २ समूह बनाएर तालिम प्रदान गरिएको बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा वडाध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि वाँस्कोटा, लक्ष्मी रोक्का, धनसरी राजवंशी लगायतको उपस्थिति रहेको थियो…
बिर्तामोड, ३ फागुन । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटवलको आयोजना गरेको छ । ७० औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति ९ल्ीँ० झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरिय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो । नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारी विजयी भएका छन् । खेलको पुरा समयमा ३(३ गोल भएपछि पेनाल्टी हानिएको थियो । पेनाल्टीमा ३–२ गोल अन्तरले कर्मचारी विजयी भएका हुन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो । कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं भन्ने मुख्य नाराका…
झापा, ३ फागुन । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ। दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो। प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर (९ ले ६ स्वर्ण , ७ रजत र ६ कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर ( १४ ले ३ स्वर्ण, ५ रजत र ४ काँस्यसहित तेस्रो भएको छ। धुलाबारी माविले भलिबल , कवर्डी, दौड र एथलेटिक्सका अधिकांश विधामा जीत हासिल गरेको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए । धुलाबारी माविको खेल मैदानमा सोमबार सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न…
यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडमा बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुँदैछ । कोरोना संक्रमणबाट थलिएको अर्थतन्त्र उठ्न नपाउँदै तिनै तहका निर्वाचन सम्पन्न भएर देशमा अस्थिर राजनीतिको अन्त्य भएपनि व्यापार–व्यवसाय क्षेत्रले गतिलिन नसक्दा ब्यापारी व्यवसायीहरु निराश छन् । राजनीतिक स्थायित्वपछि पनि व्यापार–व्यवसाय चलायमान हुन नसक्दा व्यवसायबाट निराश भएका व्यापारी–व्यवसायीलाई उत्साह थप्न नसकेपछि बिर्तामोड उद्योग बाणिज्य संघले निराश व्यापारी–व्यवसायीलाई रिफ्रस गराई उत्साहित गराउने उद्देश्यले आयोजित मेलासंग सम्बन्धित रहेर मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसंग पत्रकार रेजिना गौतमले गरेको संक्षिप्त कुराकानी । महोत्सवले स्थानीय व्यापारी व्यवसायीलाई के फाइदा गर्छ ?–व्यापार–व्यवसायलाई प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सव हो । यो…
मोरङ, ३ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट सञ्चालन गरी बस्दै आएका २८ वर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्री–वितरण गर्दै आइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाइल फेला पारी पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ३ फागुन । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा आएको छ । बिदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले ब्रिज इन्टरनेशनको शाखा बिर्तामोडमा सञ्चालनमा आएको हो । काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनले आज बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर फागुन ५ गते शाखाको उद्घाटन गर्ने जनाएको छ । ब्रिजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने ब्रिजका एक्जुकेटिभ चेयरमेन भूवन गिरीले जानकारी दिए । उद्घाटन कार्यक्रममा चर्चित मोडल स्मारिका तथा समारिका ढकाल आउने जनाइएको छ । शाखा उद्घाटनको अवसरमा युके…
झापा, ३ फागुन । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो । कानुन मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने प्रोटोकलमा केही महत्वपूर्ण विषय छुटेको र स्वास्थ्यकर्मीका लागि जुनसुकै बेला पनि आवश्यक पर्न सक्ने भएकाले समेट्न सुझाव दिएको छ । श्रम मन्त्रालयका सहसचिव एवं नेपालका तर्फबाट प्रोटोकलका प्रमुख राजीव पोखरेलले प्रोटोकलमा कानुनी उपचारको पाटो छुटेको र यसलाई समावेश गर्नुपर्ने भन्ने सुझाव कानुन मन्त्रालयबाट आएकाले समय लाग्ने बताए । “महत्वपूर्ण विषय छुटेको…
झापा, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधैँ उम्कँदै आएका छन् । राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडौँ रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ । लामो समयदेखि यो क्रम जारी रहे पनि यसलाई रोक्न कुनै विशेष पहल हुन सकेको छैन । स्रोतका अनुसार व्यापारीसँगको सेटिङमा राजस्व चुहावट तथा छलीमा संलग्न हुने कैयौं कर्मचारीलाई व्यापारीले बक्सिस स्वरूप ठूलो परिमाणमा रकम दिने गरेका छन् । सो रकम कर्मचारीले हुन्डीमार्फत विदेश लैजाने…
शिवसताक्षी, ३ फागुन । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालो पत्रे गर्नका लागि शिल्यान्यस गरिएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा करिब तीन किलोमिटर सडकको मंगलबार शिल्यान्यस गरिएको हो । कालो पत्रेका लागि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शिल्यान्यस गरेका हुन् । शिवसताक्षी नगरपालिकाले नगर गौरबको आयोजना रिङ्गरोड अन्तर्गत सडक कालो पत्रे गर्न लागेको हो । कालो पत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४…
चन्द्र बस्नेतझापा, २ फागुन । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी सामाग्री उत्पादन गर्ने र उत्पादित सामग्रीको बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । कनकाई नगरपालिका–३ स्थित निर्माणाधीन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कृषि मेला प्रदर्सनी हुने कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । मेलामा कृषकले उत्पादन गरेका ९ प्रकारका तरकारी बाली, अन्य अन्नपात, अचार, मह गरी १७ प्रकारका सामग्रीका र लोपोन्मुख कृषि औजार (मदानी, ढिकी–जातो, हलो–जुवा) लगायतका सामग्री पनि प्रदर्शनी…