झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउने आफू लागिपरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औं जिल्ला सभा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताउनुभयो । “प्रदेश सरकारलाई मितव्ययी, सुशासन, विकासमुखी बनाउन लागि परेका छौं”, उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सात वटा भन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाई छ । प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।…

Read More

चारपाने, २८ माघ । नेपाल दशनामी समाज प्रदेश नम्बर १ को दोस्रो अधिवेशनबाट अध्यक्षमा झापाका पदमबहादुर पुरी (प्रकाश) सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडस्थित चारपानेमा शनिवार (आज) भएको अधिवेशनबाट प्रकाश सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । प्रदेश समितिको उपाध्यक्षमा मोरङबाट खगेन्द्र गिरी, महिला उपाध्यक्ष झापाबाट सारदा गिरी, सचिबमा मोरङका एनकुमार गिरी, सह–सचिवमा झापाबाट उमेश भारती र कोषाध्यक्षमा इलामबाट प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा संखुवासभाबाट रधुनाथ गिरी, झापाबाट कृष्णबहादुर बन, पाँचथरबाट रामकुमार भारती, ओखलढुङ्गाबाट इश्वरी गिरी, खोटाङबाट कमल पुरी, सुनसरीबाट राजन गिरी, दीपबहादुर पुरी र सुश्मा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खगेन्द्र गिरीले जानकारी…

Read More

बिर्तामोड, २८ माघ । झापाको बिर्तामोडमा लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री, नागरिक समाज, अधिकारकर्मी, वुद्धिजीवी, पेशाकर्मीसहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । अन्तक्र्रियामा लोकतन्त्र सवलीकरण, सामाजिक न्याय, संघीयता र विकासको प्रभावकारिताका विषयमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रहरुमाथि जिल्लाका राजनीतिक दलका प्रमुखहरुले टिप्पणीसहित धारणा तथा सहभागीहरुले जिज्ञासा र सुझाव राखेका थिए । कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरुले लोकतन्त्रमा समान हक अधिकार, समता, संविधानले प्रत्याभूत गरेअनुसार राज्य प्रणाली र शासन व्यवस्थामा आम नागरिकको पहुँचलगायत विषयमा जोड दिएका थिए । उनीहरुले संघीयता कार्यान्वयन नै…

Read More

भद्रपुर, २८ माघ । भद्रपुर–१० स्थित विभूति विद्यामन्दिरको २९ औं वार्षिक उत्सवको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीद्वारा विविध साँस्कृतिक कार्यक्रम तथा विद्यालयका उत्कृष्ट छात्रछात्रा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयको वार्षिक गतिविधि संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले प्रस्तुत गरेका थिए ।

Read More

भद्रपुर, २८ माघ । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिदै गएको छ । अशोजयता मात्र निहाल्ने हो भने भद्रपुरमा दर्जन बढी चोरीका घटना भएका उजुरी समेत पाएको झापा प्रहरीले चोर भने एक जना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । घरमा कोही नभएको मौका छोपी दिउँसै समेत घर फोर्ने गिरोहले दर्जन बढी घरबाट नगद, गरगहना, भाँडाकुडा समेत चोरिरहेका घटना बढ्दो अवस्थामा देखिन्छन् । चरनमा रहेका खसीबोका, कुखुरा चोर्ने चोरको पनि बिगबिगी बढ्दो छ । चोरिएका सामग्री सहित चोर फेला परेको एउटा पनि घटना नदेखिनुले चोरको मनोवल…

Read More

झापा, २८ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेको ती पार्टीहरूका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम सङ्कट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेको छ । ‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।…

Read More

झापा, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ । तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भई…

Read More

झापा, २८ माघ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो । केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले…

Read More

बिर्तामोड, २८ माघ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड–७ बाह्रघरेका एक जनाको मृत्यु भएको छ । गएराति पिसाब फेर्न निस्किदा करेन्ट लागेर ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए ।

Read More

झापा, २७ माघ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको दक्षिणी भेगमा सहयोगी मनहरु नेपालले शिविरको आयोजना गरेको हो । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरीएको शिविरलाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गर्नु भयो । शिविरमा २ सय ४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निशुल्क गरीएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिनु भयो । चस्मा लगाउनु पर्ने भए २ सय रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चश्मा प्रदान गरीएको जनाइएको छ । चेक जाँचमा ६ जनाले शल्यकृया गर्नुपर्ने अवस्था देखिएको छ ।…

Read More