
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ माघ । लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ । स्मार्ट लेडीले झापाको बिर्तामोड–४मा रहेको अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको हो । लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा भएको स्वीटर तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बिर्तामोड वडा नम्बर ४का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयमा अध्ययनरत् ५० जना बिद्यार्थीलाई स्वीटर र ७० जनालाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ ।
दमक, १३ माघ । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाईप्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो । म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३÷४ जना महिलालाई २०७९ बैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगी ९ सय कुवेती पैसामा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको…
झापा, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहनुभएको छ । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहनुभएको छ । कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनु हुनेछ । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक…
झापा, १३ माघ । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए । २०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावटलगायतका समस्या नआउने प्रमुख यादवले…
झापा, १३ माघ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ। परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ। आम उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन गुणस्तर मापदण्ड तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘९८ वटा वस्तुको गुणस्तर मापदण्ड तयार गरेर…
झापा, १३ माघ । भेरी नगरपालिका–१ स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’ भएको पाँच महिना पुग्यो। काम भने अधुरै छ। २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ।तर, निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ। सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन्।पाइप अपुग छ।५ सय मिटर अनुमान गरिए पनि कार्यालयले तीन सय मिटर मात्रै दिएको छ।सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो।सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैंले खरिद गरेको थियो। भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ।१५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन्।सोलार सिस्टम चल्दैन।यसका…
झापा, १३ माघ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ्चार सेवा शुल्क र विद्युत् महसुलमा लगाइँदै आएको इनर्जी शुल्क भने अझै उपभोक्तामाथि भार बनाइएको छ। उपभोक्ताले वार्षिक रूपमा आर्थिक ऐनको व्यवस्थाबमोजिम दूरसञ्चार सेवा शुल्क तिर्दै आएका छन्। सेवा प्रदायकले यस्तो शुल्क कम्तीमा १ प्रतिशत मात्र लगाउन वा शून्य बनाउन माग गर्दै आएका छन्। होटललगायतको शुल्क हटाउन आदेश भए पनि करमाथि कररशुल्क थपिने दूरसञ्चार शुल्क र…
झापा, १३ माघ । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्। माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए। ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री…
झापा, १२ माघ । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको छ । आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो…
झापा, १२ माघ । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशमार्फत स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् । लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट…