
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ माघ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ। कारागारबाटै भइरहेका नाउपाका राजनीतिक गतिविधिप्रति गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जेल प्रशासन मौन छन्। डिल्लीबजार कारागारमा चौधरीलाई भेट्न कुनै रोकतोक नभए पनि अन्य कैदी र थुनुवाका हकमा भने कारागार नियमावली आकर्षित हुने गरेको छ। ‘रेशम…
झापा, २६ माघ । भारतमा कर्जाको ब्याजदर बढ्ने भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई० ले बुधवार रिपोदर वृद्धि गरेपछि बैंकहरूमा कर्जाका ब्याजदर महँगो हुने भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । आरबीआईले बुधवार मौद्रिक नीतिको समीक्षा गर्दै रिपोदर शून्य दशमलव २५ बिन्दुले बढाएको हो । यो १० महीनायता केन्द्रीय बैंकले गरेको रिपोदरको छैटौं वृद्धि हो । बैंकको मौद्रिक नीति समितिको सोमवारदेखि बुधवारसम्म चलेको बैठकले आर्थिक वर्ष २०२२–२३ को अन्तिम नीतिगत समीक्षामा रिपोदर बढाएको हो । समितिका ६ सदस्यमध्ये ४ जनाले रिपोदर बढाउने पक्षमा भोटिङ गरेका थिए । पछिल्लो वृद्धिसँगै रिपोदर ६ दशमलव ५ प्रतिशत पुगेको छ…
बिर्तामोड, २६ माघ । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ । बिराट बहुउदेश्य सहकारी संस्था लिमिटेडको सभाहल बिर्ताबजारमा तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका विच नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उद्घाटन गर्नुभयो । यस तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिने सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले जानकारी दिनुभयो । नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखाकी संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनार, बिराट बहुउदेश्य सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौलाको पनि उपस्थिति रहेको थियो ।…
झापा, २६ माघ । औद्योगिक क्षेत्रमा माघ पहिलो साता बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भयो। नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो। भारतको बिहारबाट विद्युत् आयात घट्दा बिहान र बेलुका पिकआवरमा उद्योग नचलाउन भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वीकार गर्छन्। ‘भारतको बिहार राज्यमा एक हजार मेगावाट उत्पादित प्लान्ट बन्द हुँदा नेपालमा आयात कम भएको हो। त्यो अहिले धेरै हदसम्म घटिसक्यो’, कार्यकारी निर्देशक घिसिङले भने। उनका अनुसार बिहान र साँझ कहिलेकाहीँ १–२ घण्टा लोडसेडिङ हुने गरेको छ। त्यसअघि वैशाखमा पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको थियो। करिब २३ सय मेगावाटको जडित क्षमतामा अहिले…
झापा, २५ माघ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध न्युनीकरण कार्य योजना “म सक्छु” अभियान २०७९ सुरु गरेको छ । यसै क्रममा आज विराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यानको भवनमा करिब ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनोसामाजिक परामर्स दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोगकर्ताहरुलाई मनोसामाजिक परामर्स प्रदान गर्नु भएको थियो । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालन भइरहेको छ ।
कनकाई, २५ माघ । झापाको कनकाईमा पशु स्वास्थ्य तथा बाँझो पन निवारण सम्बन्धि वृहत घुम्ती शिविर चलिरहेको छ। गत माघ २३ गते बाट सुरु भएको शिविर आगामी फागुन २ गते समापन हुने छ । कनकाई नगरपालिकाको वडा नं. ९ घैलाडुवाबाट सुरु गरिएको शिविरमा अहिलेसम्म वडा न ९ र ८ मा कार्यक्रम सम्पन्न भएको छ भने आज वडा नं. १ मा पनि एक संक्षिप्त कार्यक्रमका विच नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल , उप प्रमुख आशा शर्मा शिवाकोटी, वडा न १ का अध्यक्ष सुशीलकुमार पोख्रेल लगायले शिविरको उद्घाटन गर्नुभएको छ। कनकाई नगरपालिका वडा नं. १ का वडाअध्यक्ष सुशीलकुमार पोख्रेलको अध्यक्षतामा भएको शिविरको उद्घाटन…
झापा, २५ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध गर्ने बताए। उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए। उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताए। उनले आगामी दिनमा राष्ट्रिय…
बिर्तामोड, २५ माघ । दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिने जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ । आज बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिब ५ लाख रुपैयाँको लागत तीन कोठे पक्की घर बनाइदिन लागिएको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् । उनले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उजारुको परिवारको…
विराटनगर, २५ माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । प्रदेश १ का अध्यक्ष रुद्रप्रसाद सुवेदीसहितको टोलीले प्रदेश १ को वन तथा वातावरण मन्त्रालयका मन्त्री जीवन आचार्य मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापन पत्र बुझाएको हो । सो संगठनले नेपाल सरकारबाट समायोजन ऐन, २०७५ बमोजिम कर्मचारीहरुको समायोजन गर्दा नेपाल वन सेवा, जनरल फरेष्टी समूह, रा.प.अनं. द्वितीय श्रेणीको फेष्टर पदको मौजुदा दरबन्दी कटौती गरी…
झापा, २५ माघ । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो । भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ । टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् । गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की…