झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ माघ । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्पादन बढाउन सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्छ । केन्द्रका अनुसार नेपालमा अहिले १ लाख ९८ हजार ७ सय हेक्टर जमीनमा गरिएको खेतीबाट वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन हुन्छ । बजार माग ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन छ । यस हिसाबले ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु…

Read More

झापा, १५ माघ । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक–पटक प्रयास भइरहेको बताए। ‘विदेशी ह्याकरहरूले पटक–पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ’, उनले भने। ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए। झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ।…

Read More

काठमाडौं, १५ माघ । कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको   अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ । नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा खिचिएको भिडियोमा मौलिक पनलाई देखाउने प्रयास गरिएको छ । विजय गौडेलको छायाँकन , निसान एसको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । <iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/qB4ga_GCJlI”…

Read More

ताप्लेजुङ, १४ माघ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ । साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो ।ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।

Read More

धनकुटा, १४ माघ । धनकुटामा चलिरहेको महोत्सवमा अत्याधिक भीड बढेपछि च्यापिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए । धनकुटा उद्योग वाणिज्य महासंघको आयोजनामा प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव चलिरहेको थियो । उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने कार्यक्रम थियो । पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी…

Read More

दमक, १४ माघ । झापाको दमक–६ स्थित फर्निचर लाइनमा आगलागी भएको छ । विकास भट्टराइले सञ्चालन गरेको बालाजी फर्निसिंगमा करिब साँझ ६ः३० बजे भएको आगलागी एक घण्टा पछि नियन्त्रणमा आएको छ। आगलागी दमक नगरपालिकाको वारुण यन्त्रको सहयाताबाट नियन्त्रणमा लिइएको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । आगलागीको कारण र क्षति विवरण खुलिनसकेको उनको भनाइ छ ।

Read More

बिर्तामोड, १४ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो । नगरपालिकाले भू–उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्शा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भूपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको हो । नगर प्रमुख पवित्रा…

Read More

झापा, १४ माघ । निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको सडकको हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको सडक धुलाबारीबाट मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौटारसम्म २५ दशमलव ३७० किलोमिटर पूर्णरुपमा कालोपत्रे निर्माण गरिने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले बताए । प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु ४६ करोड ७२ लाख ४८ हजार बजेटमा निर्माण भइरहेको सो सडक निर्माण…

Read More

झापा, १४ माघ । झापामा तेलहनबाली प्रबद्र्धन रू ३० लाख बजेट आएको छ । उक्त कार्यक्रमका लागि संघीय सरकारको सशर्त अनुदान कार्यक्रमतर्फ ३० लाख बजेट आएको कृषि ज्ञान केन्द्र झापा कृषि प्रसार अधिकृत गणेश शिवकोटीले जानकारी दिनुभयो । यता, झापामा गत वर्ष पाँच हजार ५७० हेक्टरमा तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र झापा कृषि प्रसार अधिकृत गणेश शिवकोटीले जानकारी दिनुभयो । “गत वर्षभन्दा यस वर्ष तोरी खेतीको क्षेत्रफल र उत्पादकत्व केही बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “तथ्यांक संकलनको काम भइरहेको छ ।” झापामा गत वर्ष ६ हजार ६ सय ८४ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने उत्पादकत्व १ दशमलव…

Read More

द्रोण अधिकारीभद्रपुर, १४ माघ । नेपालको तराइमा पाइने रैथाने जातको उन्नत नश्ल क्षमताको मुर्रा भैसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय चीर निन्द्राको शैलीमा बसिरहेको भए पनि संभवत झापाकै ठूलो मुर्रा भैसी फर्म राज्यको सानो सहयोग समेत नपाएर संकटले चलिरहेको अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्रा भैसी सहितको फारम रहेको छ । संकट पूर्ण अवस्थामा चलिरहेको भए पनि सो फर्मलाई सहज बनाउन राज्यका कुनै निकायले साथ सहयोग नदिँदा संकटमै चलिरहेको छ । भद्रपुर १ हिमाली चौक पृथ्वीनगरका ३५ वर्षीय अर्जुन सुवेदी रोजगारीका शिलशिलामा ११ वर्ष परदेशी भूमिमा पसिना बगाउन…

Read More