
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १९ माघ । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो । “सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उहाँले भन्नुभयो । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ…
झापा, १९ माघ । वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ । संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको सरकारमा सहभागी दलहरूबीच एकातिर राजनीतिक एजेन्डामा मतभेद र अर्कोतिर गृहमन्त्री र राष्ट्रपति लेनदेनमा कुरा नमिलेपछि गठबन्धन जोगाउन चुनौती बढेको हो । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले आ–आफ्ना राजनीतिक एजेन्डा स्थापित गराउने तर, अरूका तर्कलाई छेदन गर्ने गरी प्रस्तुत भए । एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मन्त्रिपरिषद्का सदस्यले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद…
झापा, १९ माघ । नेपालमा पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको प्रत्यक्ष असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक वातावरणको कारणले गर्दा नेपालको अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ र आर्थिक गतिविधि चलायमान तथा तरलता समस्या तत्कालै समाधान हुने आकलन गर्न कठिन छ । बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय साथै आन्तरिक अर्थतन्त्रले भोगेका कठिन चुनौतीहरूको सामना अझै गर्नुपर्ने देखिन्छ, जसको मुख्य कारण देशको अनिश्चितकालीन राजनीतिक वातावरण, अर्थतन्त्रमा सीमित व्यक्तिको पहुँच, लगानीको वातावरण नहुनु, आयात–निर्यातमा असमानता, दीर्घकालीन सोचको कमी, पर्यटन क्षेत्रमा परेको प्रभाव, कानुनी शासनको कमी, उत्पादनशील क्षेत्रमा लगानी नहुनु, श्रमको सम्मान नहुनु आदि हुन् । देशमा आएको आर्थिक मन्दीका कारण…
झापा, १९ माघ । अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ। यस्तै अन्योलका कारण सिमसार क्षेत्रको संरक्षण हुन नसकेको संरक्षण क्षेत्रका प्रमुख स्वीकार गर्छन्। नदी तथा तलाउजन्य सिमसार क्षेत्रको विनाश नरोकिँदा पर्सा राष्ट्रिय निकुञ्जको अवस्था दयनीय बनेको छ। पूर्ण प्राकृतिक तालका रूपमा एउटा मात्र लौकी दह पर्सामा छ। फोहोर प्रदूषण र त्यसको जल सतहको अवस्था जर्जर…
भद्रपुर, १८ माघ । झापाको दमकबाट तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । आज दिउँसो लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–२ नयाँ आम्दा खरखरे स्थित प्र.१–०२–०४८ प ६६५७ ,ज १२ प ५५५७ नं.को मोटरसाइकल र को २८ प ३१४६ नं.को स्कुटी रोकी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा दमक–८ शान्ति टोलका ३७ वर्षीय तेजकुमार खवास, दमक–२ का ३५ वर्षीय सुनिल श्रेष्ठ र २२ वर्षीय विजय धिमाललाई शंका लागेर चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ जम्मा १९ ग्राम, मोबाइल…
काठमाडौं, १८ माघ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार रिट दायर गरेका हुन् । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ । रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको…
भद्रपुर, १८ माघ । प्रदेश नं. १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय झापाको छड्के अनुगमन गर्नुभएको छ । अस्पताल र स्वास्थ्य कार्यालयबाट प्रवाह हुने सेवा–सुविधाको अवस्था बुझ्न मन्त्री लिम्बूले आज दिउँसो छड्के अनुगमन गर्नुभएको छ । “अस्पतालबाट आमनागरिकले पाउनुपर्ने सुविधा र निःशुल्क औषधि पाउनुपर्छ”, आमनागरिक पाउनुपर्ने सेवा सुविधा चुस्तदुरुस्त बनाउन निर्देशन दिँदै मन्त्री लिम्बूले भन्नुभयो, “आवश्यक सहयोग र सहकार्य प्रदेश सरकारले गर्छ ।” मन्त्री लिम्बूले अस्पतालको सरसफाईमा विशेष ध्यान दिन अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो ।प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले अस्पतालको अवस्थाका बारेमा मन्त्री लिम्बूलाई अवगत गराउँदै अस्पताललाई मेडिकल कलेज बनाउन…
भद्रपुर, १८ माघ । भद्रपुरस्थित ओम साइ पाथीभरा हस्पिटलले आफ्नो चौधौँ वार्षिक उत्सवको अवसरमा नयाँ सेवा थप विस्तार गरेको छ । हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट किड्नीको ढुङ्गा, पिसाब नलीको ढुङ्गा, पिसाब थैलीको ढुङ्गा प्रोस्टेटको अप्रेसन नचिरीकन र प्वाल नपारीकन गरिने सल्यक्रिया सेवा सुरु गरेको हो। यो सेवा विस्तारसँगै बिरामीले यस्ता उपचारको लागि धेरै खर्च गरेर अन्यत्र जानु नपर्ने अस्पतालका अध्यक्ष दीपक कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार मेची अञ्चल कै पहिलो बिसेशज्ञ उपचार सेवाका रुपमा २०६६ सालबाट सुरु भएको यस अस्पतालले आफ्नो सेवा प्रारम्भसँगै आइसियु, डायलिसिस, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो सर्जरी, नाक कान घाटी, अर्थोपेडिक सर्जरी, गाइने सर्जरी, डेण्टल…
बिर्तामोड, १८ माघ । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगरले राजनीतिक तथा सांगठानिक कार्ययोजना तथा विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्य बुधवार बिर्तामोडमा बसेको तेस्रो विस्तारित बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले नगर उपाध्यक्ष जेबी जबेगुलाई जवस÷ जातीय मोर्चा र विकास निर्माण, उपाध्यक्ष कमलप्रसाद कडरियालाई पार्टी स्कुलिङ तथा शिक्षक, बुद्धिजिवी, उपाध्यक्ष छाँया सिग्देललाई महिला विभाग, कोषाध्यक्ष कृष्ण लिम्बुलाई युवा, सह–सचिव सन्दिप प्रसाईलाई विद्यार्थी विभागको जिम्मेवारी दिएको छ । त्यस्तै, आर्थिक विभाग तथा लेबी व्यवस्थापन, श्रम शिविर सञ्चालन, भूमिहीन सुकुम्वासी समस्या सम्बन्धी, नगर पार्टी कार्यालय स्थापना,…
मोरङ, १८ माघ । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकस्थित स्कुल बसको ठक्करबाट पैदल यात्री एक जना बृद्ध पुरुषको मृत्यु भएको छ । आज बिहान ६ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको पञ्चायत मावि पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा घाइते भएका पैदल यात्री स्थानीय ८० वर्षीय भीमबहादुर तामाङको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संग्लग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका–९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।