झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० पुस । कतार विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले कारबाही गर्ने घोषणा गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो । फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ। अर्जेन्टीनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो । फिफाले अर्जेन्टिनाले अनुसासन संहिताको तीन नियम उल्ल्लघन गरेको पुष्टि गरेको छ। जसमा धारा ११ को आपत्तिजनक व्यवहार र निष्पक्ष खेलको सिद्धान्त, धारा १२ को खेलाडी र अधिकारीहरुले दुर्व्यहार र धारा ४४ को मार्केटिङका नियम उल्लंघन गरेको बताएको छ।…

Read More

झापा, ३० पुस । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित साधुटारको शंकराचार्यपीठ वेदबेदाङ संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा महायज्ञ हुने भएको छ । आगामी भोलि (माघ १ गते) देखि ११ गतेसम्म महायज्ञ हुने भएको हो । शंकराचार्यपीठ स्थापनाको ४७औं बार्षिकोत्सव तथा २५आंै बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर महायज्ञको तयारी शुरु गरिएको जनाइएको छ । श्रीमद् ब्रहवैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक बिराट गोपाल महायज्ञ ११ गते सम्पन्न हुने पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

Read More

झापा, ३० पुस । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा नेपालबाट ३३ लाख ९२ हजार किलो अलैँची निर्यात भएको छ । जसबाट दुई अर्ब ७२ करोड ३६ लाख रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घ तथ्याङ्कअनुसार नेपालबाट आर्थिक वर्ष २०७७/०७८ मा ८५ लाख ६६ हजार किलो अलैँची निर्यात हुँदा रु छ अर्ब ८९ करोड ५४ लाख रकम नेपाल भित्रिएको थियो भने आव २०७८/०७९ मा ५२ लाख ८० हजार किलो अलैँची निर्यात हुँदा रु चार अर्ब ७६ करोड ४३ लाख रकम नेपाल भित्रियो । यसैबीच, नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी थालेको छ । ‘कालो सुन’को…

Read More

कनकाई, ३० पुस । झापाको कनकाई नगर खेलकुद विकास समितिले कैदीबन्दीलाई खेल सामग्री प्रदान गरेको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा झापा कारागारमा रहेका कैदीबन्दीलाई समिति खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री हस्तान्तरण कार्यक्रममा कनकार्इ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने झापा जिल्ला कारागारका आन्तरिक प्रशासन विभाग प्रमुख लयप्रसाद सिवाकोटीको अध्यक्षता रहेको समितिका सदस्य विजय पाठकले जानकारी दिनुभयो । कार्यक्रममा कनकार्इ खेलकुद विकास समितिका निवर्तमान संयोजक रविन्द्र लम्साल, समितिका संयोजक जबिन तिम्सिना, सदस्यहरु राजु पाठक, यदुका उप्रेती (उषा), तुला बिक (वकिल), राम पाठक, विजय पाठक, गंगाराम अधिकारी, डिल्ली कार्की लगायतको आतिथ्य रहेको थितो…

Read More

बुधबारे, २९ पुस । बुधबारे जेसीजको दशौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईले नव–निर्वाचित अध्यक्ष जेसी अर्जुन ढकाललाई जेसीज चेन लगाएर हस्तान्तरण गरेका हुन् । नि–वर्तमान अध्यक्ष मुकेश भट्टराईलाई बर्ष २०२०का अध्यक्ष एवंम् निर्वाचन आयुक्त अनिल वाग्लेले सपथ ग्रहणका लागि अनुमति दिएका थिए । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका थिए । निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले ५० हजार राशीको आफ्ना हजुरबुबा लक्ष्मीकान्त भट्टराईको नाममा पुरस्कार कोषको घोषणा गरेका थिए । जेसीज अभियानमा जोडिएका जेसीज अफ द इयर, आइटी अफिसर अफ…

Read More

बिर्तामोड, २९ पुस । झापामा अवैध रुपमा नदी उत्खनन् गर्ने ट्याक्टरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो मेचीनगर नगरपालिका–३ स्थित निन्दा खोलामा अवैध रुपमा उत्खनन् गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले २० वर्षीय सागर तामाङले चलाएको प्रदेश १–०१–००१ त ८९४२ र सोही स्थानका २२ वर्षीय सुजन धिमालले चलाएको प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्याक्टरहरुले अबैध रुपमा गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

Read More

कनकाई, २९ पुस । परम्परागत रुपमा कनकाई माईको किनारामा लाग्दै आइरहेको मकर मेला आजदेखि सुरु भएको छ । धार्मिक रुपमा लाग्दै आएका मकरमेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो । मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्याम राईले बताउनुभयो । मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पापकर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निकोहुने जनविश्वास रहिआएको छ । कनकाई माईको दुबै किनारामा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हज्जारौको सङ्ख्यामा भक्तजनहरु आउने गर्दछन । मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन…

Read More

कनकाई, २९ पुस । झापाको सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । जेसीजको १५औं साधारण सभाबाट तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । उपाध्यक्षहरुमा निर्मला खड्का, पूर्ण श्रेष्ठ (नेवार), दिवाकर तिवारी र सपना गिरी चयन भएका छन् । त्यस्तै, जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली सर्वसम्मत भएकी छन् । कानुनी सल्लाहकार, महासचिव सहित बाँकी अन्य पदहरुमा अध्यक्षले मनोनित गरी पदहस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिए । सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा…

Read More

बिर्तामोड, २९ पुस । झापा जिल्ला सहकारी संघ लि.को २६ औं साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संघले विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । सहकारीले ६५ औं सहकारी दिवसमा घोषणा गरेका विभिन्न सहकारी संघ÷ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वमणि बरालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक मदन ढकाललाई पुरस्कृत गरिएको छ । सहकारी क्षेत्रको विकासका लागि लामो समयदेखि कलम चलाउँदै आउनु भएका ढकाललाई नगद १० हजार ५ सय ५५ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । त्यस्तै, यस वर्षको…

Read More

भद्रपुर, २९ पुस । झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडक खण्डमा स्कूल बसको ठक्करबाट बिहीबार एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–१ की ७२ वर्षीया तुलसा दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गौरादह–१ भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको मे.१ ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको बसले पैदलयात्री दाहाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते दाहालको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति ९ः१५ बजे मृत्यु भएको प्रवक्ता पाठकले बताउनुभयो । बस र बस चालक गौरादह–२ का ३७ वर्षीय अमरलाल ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान…

Read More