
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मिति २०७९–१०–१६ कनकाई नगरपालिका क्षेत्रभित्र मिति २०७४ असोज २९ गते भन्दा अगाडि निर्माण सम्पन्न भएका तर नक्सापास नभएका मापदण्ड पुरा गरेको घर–भवनहरुको अन्तिम पटकको लागि मिति २०७९ चैत्र मसान्तभित्र सम्पन्न गर्ने गरी अभिलेखिकरण कार्य गर्ने कनकाई नगरकार्यपालिकाको मिति २०७९ पौष २८ गतेको बैठकबाट निर्णय भएको हुँदा, आवश्यक कागजातहरुसहित अनिवार्य रुपमा तोकिएको उक्त अवधिभित्र निवेदन दर्ता गर्नुहुन सम्बन्धित सरोकारवालाहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। मापदण्ड पुरा भएका घर अभिलेखिकरणका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४२ को उपदफा १ (ग) बमोजिम तेब्बर दस्तुर लाग्ने व्यहोरा यसै सूचनाद्वारा सबै नगरवासीहरुमा जानकारीका लागि अनुरोध छ। साथै यस नगरपालिका…
शिवसताक्षी, १७ माघ । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ । शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो । उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका थिए । विद्यालयमा अध्ययरत प्रशन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा निर्माण गरेका हुन् । उनीहरुले पढाई साथ साथै एक महिना अघिदेखि गाडी…
झापा, १७ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयको वार्षिकोत्सव अन्तरगत आज अभिभावकहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पाँचौं दिन अभिभावकहरुबीच खेलकुद प्रतियोगिता गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा एवम् बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममको उद्घाटन अतिथिहरुको एक सय मिटर दौड प्रतियोगिता गरी गरिएको थियो । प्रतियोगितामा विजयी अभिभावकहरुलाई प्रमुख अतिथि गापा अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्ले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना लगायतले पुरस्कार एवम् प्रमाण–पत्र प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्वय…
पथरी, १७ माघ । पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए । आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण…
झापा, १७ माघ । विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ। हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने छन्। थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले जनाएको छ। समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जानेछ।…
झापा, १७ माघ । राष्ट्रपतिको निर्वाचन मिति तोकिए पनि दलहरूले कसलाई राष्ट्रपति बनाउने विषयमा निष्कर्ष निकाल्न सकेका छैनन्। सत्तारुढ दल नेकपा एमालेले भागबण्डाका आधारमा राष्ट्रपति एमालेले पाउने दाबी गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिने बताइरहेका छन्। त्यतिमात्र होइन माओवादी बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ। जसका कारण एमाले संशकित बनेको छ। यता निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ। केहीअघि महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा आफूहरू पराजित भए पनि राष्ट्रपति आफूहरूले भनेकै मान्छे हुने दबी गरे। उनको आश्य गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने हो। २५ पुसमा कांग्रेस सभापति शेरबहादुर देउवा र…
भद्रपुर, १७ माघ । भद्रपुर जेसीजको ४७ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ । भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराइको अध्यक्षता तथा उपप्रधान तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा ४७ औं पद हस्तान्तरण गरिएको हो । सन् २०२२ का अध्यक्ष मनोज भट्टराइले सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेलाई माइनट बुक र गलाको चेन प्रदान गर्दै जिम्मेवारी हस्तानतरण गरेका थिए । भाषासेवी चुडामणि रेग्मीलाई उत्कृष्ट नागरिक सम्मान गरिएको कार्यक्रममा प्रदेश सांसद छविलाल चुडाल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कनकाई, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस शहीदको सम्झनामा झापाको कनकाई नगरपालिका विविध कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहिदहरुको सम्झनामा आज कनकाईमा शहिद दिवस मनाइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा शहीदहरुको तस्बिरमा फुल अविर द्वारा माल्यारपण गरिएको थियोे । त्यस्तै, कार्यक्रममा इलाका प्रहरी कार्यलय घैलाडुब्बाको टोलीले सलामी अर्पण समेत गरेको थियोे । कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्षहरु वडा न १ शुसिलकुमार पोख्रेल, ३ का अध्यक्ष युवराज चौलागाईं, ४…
झापा, १६ माघ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती एरिया इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख २७ हजार बरावरका सामानहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
झापा, १६ माघ । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० वर्षीय सन्वाज खानको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।