
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १ मङ्सिर । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत…
झापा, १ मंसीर । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनअनुसार २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । वार्षिक प्रतिवेदनअनुसार आव २०८१–८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ…
झापा, १ मंसीर । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयबाट फरार भएका थुनुवा पुनः प्रहरी नियन्त्रणमा आउन थालेका छन् । आइतबार इलाका प्रहरी कार्यालय अन्तरगत फरार भएका ३ जना थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी अंगभङ्ग मुद्दामा अनुसन्धान भइरहेका झापा कचनकवल गाउँपालिका–६ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–३ फर्पिङमा बस्दै आएका १८ वर्षीय अशोक रिमाल जेनजी आन्दोलनका क्रममा इप्रका झिलझिलेबाट फरार भएका थिए । उनी आफैं प्रहरी कार्यालय झिलझिलेमा सम्पर्कमा आएपछि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, झिलझिले प्रहरीद्वारा खटिएको टोलीले लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा हिरासतबाट भागेका दुई फरार थुनुवालाई आइतबार…
झापा, १ मंसीर । झापाको गौरादह नगरपालिका–१ गैरीया चोकमा अटो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । गत कात्तिक २१ गते साँझ करिब मे.१ ह. ५७५४ नम्बरको अटो धान लोड गर्दै रोकिएको प्रदेश १–०२–००१ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडी ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा अटो चालक गौरादह–१ निवासी ४८ वर्षीय मो. डोमा र उनकी श्रीमती ३७ वर्षीया खुसबु खातुन गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि निम्स अस्पताल दमकमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि खुसबुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा कात्तिक ३० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला…
झापा, १ मंसीर । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट ३१ औं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले अब डिजिटल रूपान्तरणको नयाँ यात्रामा अघि बढ्ने घोषणासहित सफल ३ दशकको यात्रा पूरा गरी नयाँ ऊर्जासहित ३१ वर्षमा प्रवेश गरेको हो । लेटर प्रेसको ढाँचाबाट सुरु भएको पूर्वाञ्चल दैनिक अहिले अत्याधुनिक अफसेट प्रविधिमा प्रकाशित हुन्छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याएको पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालबाट ‘क’ श्रेणी प्राप्त पत्रिका हो । बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिले प्रकाशन तथा वितरणको जिम्मेवारी सम्हाल्दै आएको छ । ३१ वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल…
वीरगन्ज, ३० कात्तिक । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।
झापा, ३० कात्तिक । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ ।…
झापा, ३० कात्तिक । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । “डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए । सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका…
झापा, ३० कात्तिक । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ । यो अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही…
झापा, ३० कात्तिक । नेपाल प्रहरीले भारतबाट खैरो हिरोइन ओसारपसार गरी राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरको नेतृत्वमा गएको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सप्तरी, राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगर रहेका छन्। ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार, देवको काठमाडौँ महानगरपालिका–१३ स्थित पनेरु गाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।…