
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ माघ । २८५९ औं सोनाम ल्होछार शुरु भएको छ । हरेक वर्ष एक÷एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो । तामाङ लगायतका बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने यो पर्व भद्रपुर नगरपालिकाको वडा नं– २ मा पर्ने कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पनि मनाइएको छ । उपप्रधान एवम् जलस्रोत तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य एवम् १ नं प्रदेशका कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाको विशिष्ट आतिथ्यमा माघ ८ गते स्थानीय पद्मछोयोलिङ गुम्बामा धार्मिकसभा आयोजना गरिएको हो । सो अवसरमा प्रमुख अतिथि…
झापा, ८ माघ । जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् । उनले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । उनीहरु दाजुभाइ…
झापा, ८ माघ । धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भएसँगै…
झापा, ८ माघ । झापाको शिवसताक्षी नगरपालिका–८ किलकिले स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टमा संस्कृति उत्थान महोत्सव हुने भएको छ । आदिवासी–जनजाति समुदायको सांस्कृति, कला, भेषभूषको प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको हो । रिसोर्ट परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले विश्वव्यापिकरण तथा पाश्चात्य संस्कृतिको प्रभावले माँसिदै गएको मौलिक संस्कृतिलाई जर्गेना गर्ने तथा भावी पुस्तालाई यसबारे सुशिक्षित गराउन महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । “हाम्रा सांस्कृतिक, मूल्य–मान्यतालाई जीवन्त बनाउने उद्देश्यले महोत्सव आयोजना लागेका हौं”, उहाँले भन्नुभयो । महोत्सवका माध्यमबाट विभिन्न जातीय खानाका परिकार, भेषभूषा, रहनसहनलाई प्रबद्र्धनमा टेवा पुग्ने आयोजकको…
एजेन्सी । थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने ग्रिएको छ । आफ्नो राँगोको वीर्यबाट मासिक लाखौं कमाइ गरिरहेका किसानको नाम हो मोंगकोल मोंगफेट । उक्त बहुमूल्य वीर्यधारी राँगोको नाम बिग बिलियन हो । उनले आफ्नो राँगोलाई विभिन्न प्रदर्शनी तथा प्रतियोगितामा पनि लैजाने गर्दछन्, जहाँ बिग बिलियनले धेरैपटक पुरस्कार जितिसकेको छ ।…
कनकाई, ८ माघ । झापाको कनकाईमा भएको प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ । प्रतियोगिताको फाइनल खेल दमक नगरपालिका र झापा गाउँपालिका बीच भएको हो । अघिल्लो दोस्रो संस्करणमा समेत उपाधिका लागि यी दुई पालिकाले फाइनल खेल खेलेका थिए । झापा गाउँपालिकाले गत वर्षको पराजयको बद्ला लिँदै उपाधि जितेको हो । झापाले नगद एक लाख एघार हजार हात पारेको छ भने उपविजेता दमकले नगद ६१ हजार प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम भए । उनले नगद एक हजार हात पारे । उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी…
झापा, ८ माघ । आज सोनाम ल्होछार २८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
काठमाडौँ, ८ माघ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ । महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिएको बुझिएको छ । मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अघिल्लो सरकारका पालामा महानगरप्रमुखले मोनोरेल सञ्चालनका विषयमा पहल गरे पनि अहिलेका महानगर प्रमुखले त्यसबारेमा चासो देखाएका छैनन्। उनले भने, “महानगरका अघिल्लो मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको परिकल्पना गरेर वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिरहनुभएको थियो । अहिलेका मेयर साहले भने यस विषयमा…
बाँके, ८ माघ । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं। ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ। त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं’, वडाध्यक्ष शेषले भने, ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।’ वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह…
झापा, ८ पुस । चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड-१९ महामारी तथा रूस( युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ । शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत…