झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेको जनाएको छ । १०ः३२ मा पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन् । कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले एनवाईटी ६९१, ९एन एएनसी पोखरा टावरमा १०ः५० सम्म सेती खोचमा सम्पर्क आएको थियो । पोखरामा २ वटा हेलिकप्टर उद्धारमा लागेको र आवश्यक अनुसार हेलिकप्टर स्ट्यान्डबाई रहेको प्राधिकरणले जनाएको छ । एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसी र अन्जु खतिवडा रहेका छन् । सुजना होंगचुन,…

Read More

दमक, ३० पुस । लायन्स क्लब अफ दमकले लायन्स सप्ताह अन्तगत शुक्रबार आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम शुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणा सहित सचेतना मूलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए । सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनिकरण गर्न अपनाउन सकिने सचेतताको बिषयमा स्टिकरहरु टाँस गरिएको छ । लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनिकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताए । त्यसैगरी, शनिबार…

Read More

शनिश्चरे, ३० पुस । रमेश समदर्शी राई अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा क्लबको शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्वव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगुलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, मनिता योञ्जन, सुजाता ढुंगाना, पुरुषोत्तम पौडेल र तिलक योञ्जन चयन भएका छन् । ३ वर्षे कार्यकाल रहने लेखा समितिको संयोजकमा राजन साङपाङ र सदस्यहरु अनिता विष्ट र गणेश थापा चयन भएका छन् । प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको…

Read More

भद्रपुर, ३० पुस । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्रयाउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंवासी झापालीहरुले दुई दशकपछि मेची रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेकोमा हर्ष प्रकट गर्दै सहयोग गर्न तत्पर रहेको बताएका हुन् । गोल्डकपकै सन्दर्भमा शनिबार चावहिलस्थित रिभेरा इन्टरनेशनल एकाडेमीको सभाकक्षमा अन्तरक्रिया आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमका लागि वीरेन्द्र एलुम्नाइ…

Read More

भद्रपुर, ३० पुस । नेपाल क्षयरोग निवारण संस्था, झापा जिल्ला शाखाको २१ औं जिल्लासभा आठौं कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । भद्रपुर– ८स्थितशाखाको आफ्नै परिसरमा पूस ३० गते प्रमुख अतिथि निवर्तमान प्रदेश मन्त्री ओमप्रकाश सरावगीले पानसमा दीप प्रज्ज्वलन गरेरसभाको उद्घाटन गरेका हुन् । संक्रामक क्षयरोग (टीबी.)को कीटाणु पत्ता लगाउने जर्मन वैज्ञानिक रबर्ट ककको तस्वीरमा माल्यार्पण गरी प्रारम्भ सो सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, केन्द्रीय महासचिव राजन श्रेष्ठ, पूर्वअध्यक्षकाजीलाल डंगोल, तारा भूर्तेल लगायतलेमन्तव्य दिएका थिए । शाखाका यशस्कर तथा विशिष्ट सदस्यहरूका साथै पूर्वसभापति र संस्थागत एवम् व्यक्तिगत दाताहरूलाई सम्मान समेत गरिएको…

Read More

भद्रपुर, ३० पुस । झापाको बाह्रदशी जेसीजको दोस्रो वार्षिक साधारण सभाले सन २०२३ का लागि लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । गौरिशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवाल प्रमुख आतिथ्य तथा विशेषअतिथि सुरूङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल तथा पूर्व अध्यक्ष शिव कुमार कडेँलको विशेषआतिथ्यमा सम्पन्न सभाले कार्यकारी उपाध्यक्षमा प्रकाश फुँयाल र तीर्थप्रसाद काफ्लेलाई निर्विरोध चयन गरेको हो । यस्तै उपाध्यक्षहरूमा क्रमशः भिष्म प्रसाई, अश्विन देउजा, सञ्जय शाह र विश्वास गौचन चयन भएका छन् । नव निर्वाचित अध्यक्ष उप्रेतीले कानूनी सल्लाहकारमा सदिक्षा खड्का, महासचिव – खगेन्द्र सुवेदी र कोषाध्यक्ष टंकबहादुर कार्कीलाई मनोनित समेत गरेका छन् । मनोनयन सभापति संस्थापक…

Read More

इलाम, ३० पुस । नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाका राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ। संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो। सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा यु–१८ र उदीयमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए। गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो। सोही अवसरमा खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा लगायतले पुरस्कृत गरे।

Read More

इरानले आफ्ना पूर्व(उपरक्षामन्त्री अलिरेजा अकबरीलाई फाँसी दिएको छ। यसअघि मृत्युदण्ड सुनाइसकेको इरानले हिजो फाँसी दिएको हो। फाँसी दिनुअघि बुधबार परिवारका सदस्यहरूलाई अन्तिम भेटका लागि बोलाइएको बिबिसीले जनाएको इरानी–बेलायती दोहोरो नागरिकता भएका अकबरीलाई इरानले बेलायतका लागि जासुसी गरेको आरोपमा सन् २०१९ मा गिरफ्तार गरेको थियो। यही आरोपमा इरानले दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय सुनाएको हो। अकबरीले भने जासुसीको आरोप अस्वीकार गर्दै आएका थिए। उनलाई मृत्युदण्डको फैसला भएपछि इरानले फाँसी नदिन र रिहा गर्न आग्रह गर्दै आएको थियो। अकबरीलाई फाँसी दिएपछि बेलायतका विदेश सचिव जेम्स चतुराईले इरानको क्रूरताको आलोचना गरेका छन्। उनले इरानले बर्बरताबाट प्रेरित राजनीति गरिरहेको आरोप लगाएका छन्। इरानले…

Read More

विराटनगर,३०‍ पुस । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो । उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो । सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत…

Read More

ओट्स अर्थात् जौ अहिले सहरी क्षेत्रका धेरैको डाइट चार्टमा पर्ने गरेको छ । ओट्सले शरीरलाई फिट र सुन्दर राख्न मद्दत गर्ने हुनाले सर्वसाधारणदेखि सेलिब्रिटीसम्मको रोजाइमा परेको पोषणविद् कामना आचार्य बताउँछिन् । ‘पहिले पहिले घोडा तगडा हुन्छ र धेरै कुद्न सक्छ भनेर घोडालाई ओट्स दिने गरिन्थ्यो । जुन अहिले ओट्स मिलको रुपमा मानिसले पनि खान थालेका छन्,’ उनी भन्छन्, ‘यसको सेवनले शरीरलाई ऊर्जावान् र बलियो बनाउने गर्छ ।’ ओट्सलाई होल ग्रेन अन्न मानिन्छ । यसमा प्रशस्त पौष्टिक तत्व हुन्छ । गुल्टेन–फ्री हुनुका साथै राम्रो भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि हो ओट्स । हार्डवर्ड टीएच च्यानलको एक अध्ययनअनुसार ओट…

Read More