झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ पुस । झापाको बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा निमावि तहसम्म पढाइ हुँदा १२ सय विद्यार्थी थिए । तर, अहिले कक्षा १२ सम्म मावि तहको पढाइ हुँदा विद्यार्थीको संख्या ४ सयमा झरेको छ । बिर्तामोड क्षेत्रकै देवी मावि, महेन्द्ररत्न मावि, मोहनमाया माविलगायतका अन्य विद्यालयमा विद्यार्थीको चाप बढिरहेका बेला महेन्द्र ज्योतिमा विद्यार्थी घट्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । आजको प्रतिदिन दैनिकमा खबर छ ।

Read More

सन्तोष शर्माबनियानी, २३ पुस । झापाको बुद्धशान्ति गाउँपालिका यतिबेला गाउँपालिकाको समग्र विकासका लागि रणनीति योजना निर्माणमा जुटेको छ । समृद्धि बुद्धशान्ति बनाउन र दीगो विकास लक्ष्य प्राप्तिको लक्ष्यसहित गाउँपालिका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक योजना निर्माणमा जुटेको हो । सात वडा रहेको बुद्धशान्तिमा यतिबेला वडा–वडाबाट वडाबासीको सुझाव, चाहना, स्थानीय सम्भावना पहिचानको काम भइरहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिनुभयो । “देखिने खालको काम कसरी गर्ने भन्ने योजनामा हामी छौं”, अध्यक्ष प्रसाईंले भन्नुभयो, “हाम्रो कार्यकाललाई रचनात्मक बनाउन रणनीतिक योजना बनाएर अघि बढ्दै छौं ।” बुद्धशान्तिमा ‘टाउनहल’ नभएकाले पाँच वर्षभित्र बनाउने लक्ष्यसमेत रहेको उहाँले सुनाउनुभयो । बुद्धशान्तिमा पर्यटनको पर्याप्त सम्भावना रहेको अध्यक्ष…

Read More

बिर्तामोड, २३ पुस । नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाक्फोकथुम–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराईली रहेका छन् । प्रहरीका अनुसार झापाको मेचीनगर–९ स्थित रोशनकुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा बराइलीले सुनजस्तो देखिने पहेलो धातुको बेरुवा औठी २ थान (तीन तोला) देखाएर गत बुधबार १ लाख ८० हजार रुपैयाँमा राखेर १० हजार पछि लिन आउने सहमतिमा तत्काल १ लाख ७० हजार लगेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा शुक्रबार बेलुका सोही स्थानमा बाँकी पैसा लिन आउँदा बराइलीलाई पक्राउ…

Read More

बिर्तामोड, २३ पुस । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी ४२ वर्षीया रमा भट्टराई (रामप्यारी) को उपचारमा समस्या भएको छ । हाल बिर्तामोड–५ मा बस्दै आएकी भट्टराईको बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । नौ वर्ष अघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिलेसम्म अत्तोपत्तो छैन । ३ छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग सहयोग मागिरहेकी छिन् । उनी ज्यालादारीमा अलैंची कटिङ गरेर छोराछोरीको पढाइसँगै घर चलाउँदै आएकी थिइन् । उनी करीब ४–५ वर्षदेखि बिरामी छिन् । उनी बिर्तामोड–५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनीय अवस्था…

Read More

बिर्तामोड, २२ पुस । पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य तथा झापा शाखा सदस्य एवम् नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ । उनका बुवा गंगाप्रसाद शिवाकोटीको शुक्रबार बिहान साढे ४ बजे कनकाई वडा नं ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो । स्व. शिवाकोटीका दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी रहेका छन् भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । उनकी पत्नी पम्फादेवी शिवाकोटी रहेकी छन् । स्व.शिवाकोटीको शुक्रबार नै कनकाई आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवंगत शिवाकोटीप्रति हार्दिक श्रद्धाञ्जली एवम पत्रकार भीमा शिवाकोटी लगायत सम्पूर्ण शिवाकोटी परिवारमा झापा अनलाइन…

Read More

झापा, २२ पुस । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ । त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको…

Read More

झापा, २२ पुस । झापाको काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको ७ किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बंगलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको ३ किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो । १ नम्बर प्रदेश सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडकको बाँकी २ किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने २ वटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । पूर्वी नाकाबाट नेपाल भित्रिने पर्यटकले…

Read More

सुनसरी, २२ पुस । सुनसरीको इटहरी उप–महानगरपलिका–१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका–२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी–१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

भद्रपुर, २२ पुस । झापाको भद्रपुरमा बनेको मेची पुल भएर सवारीसाधन आवतजावतलाई सहज बनाउने सहमति भएको छ । निजी साना सवारीसाधन र सामान ढुवानी गर्ने खाली यातायातका साधनको सहज आवागमनका लागि दुवै देशका प्रतिनिधिबीच बिहीबार मौखिक सहमति भएको हो । उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग संघसहित नेपाल भारत मैत्री संघका प्रतिनिधि तथा नेपाल–भारतका सरकारी निकायका प्रतिनिधिबीच यातायातका साधनलाई सहज आवागमन गर्न दिने सहमति भएको हो ।

Read More

भद्रपुर, २२ पुस । नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति झापाले नगदसहित सम्मान गरेको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच १६ जना खेलाडीलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटीएफ तेक्वान्दोका रोशन मगर, रजत पदक विजेता बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृतिसरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् । कास्य पदक विजेताहरु बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मंगलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेनुका राजवंशी छन् । कार्यक्रमकै अवसरमा पूर्वअध्यक्ष शंकर थापाले…

Read More