झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ पुस । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा (माओवादी केन्द्र) को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता…

Read More

झापा, १६ पुस । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्‍याइने छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

झापा, १६ पुस । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।…

Read More

झापा, १६ पुस । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को संसदीय दलको नेता चयन गरेका छन् । दुवै दलका संसदीय दलका नेता झापाका रहेका छन् । चुनावी प्रतिस्पर्धाबाट कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भए । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाए । थापा झापाका हुन् । त्यस्तै, राप्रपाको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । उनी पनि झापाकै हुन् ।

Read More

झापा, १६ पुस । ज्येष्ठ नागरिक संघ बाह्रदशी–२ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । वाह्रदशी–२ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा बुद्धवीर घिमिरेको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेको ज्येष्ठ नागरिकको सहभागीता रहेको थियो । सो समारोहमा बाह्रदशी गाउँपालिकाका ज्येष्ठ नागरिक संघका अध्यक्ष शेरवहादुर तामाङ, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलााल, वाह्रदशी गाउँपालिका वडा नम्वर २ का निर्वतमान वडाध्यक्ष याादव मिश्र, ज्येष्ठ नागरिक संघ वाह्रदशी गाउँपालिका सदस्य दुर्गादेवी नेपाल, चेतप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नरेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Read More

झापा, १६ पुस । बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्द्या धेरै उच्च रक्तचाप,मधुमेह, पेट, छाती र दमका विरामी धेरै रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक पदम राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार रक्तचाप,मधुमेह जस्ता रोगीको संख्या १ सय २९ जना रहेको बताइएको छ । त्यस्तै नाक , कान, घाँटी सम्वन्धी विरामीको संख्या ५७ जना र हाड जोर्नी तथा नसाका विरामीको संख्या ९५ जना…

Read More

बिर्तामोड, १५ पुस । झापाको बिर्तामोडमा गुरुङ समुदायको महान चाड तमु ल्होसार विविध कार्यक्रमका साथ आज मनाइएको छ । तमु ल्होसारको अवसरमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिले बिर्तामोड–३ स्थित बुद्धनगरमा विविध कार्यक्रम गरी तमु ल्होसार मनाएको हो । नगर अध्यक्ष सलबहादुर गरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रसाईंले नेपाल विभिन्न जातजातिको साझा फूलबारी भएकाले जातीय सद्भाव, जातीय एकता र भाइचारा हुनुपर्नेमा जोड दिनुभयो । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद पूर्व केन्द्रीय सदस्य जलकुमार गुरुङ, तमुस्यो झापा अध्यक्ष अमृता गरुङ, बिर्तामोड–३ का…

Read More

भद्रपुर, १५ पुस । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २५ वार्षिक साधारण सभाको अवसर पारेर दमकका कवि धनकुटे कान्छाको एकल कविता वाचन सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा सम्पन्न सभामा कवि कान्छाले समसामयिक विषय झल्कने विभिन्न कविता सुनाएका थिए । कार्यक्रममा लेखक कृष्ण वराल, संगीतकार हस्त परियार, पत्रकार मोहन काजी न्यौपाने, भद्रपुर नगर कार्यपालिका सदस्य सीता गुरागाई लगायतले धारणा राख्दै साहित्य देश र जनताको आवाज हुनु पर्ने बताएका छन् । आर्यक्रममा अध्यक्ष नेपालले प्रतिष्ठानको वार्षिक गतिविधि पेश गर्दै भद्रपुर नगरपालिका क्षेत्रलाई साहित्यको केन्द्र बनाउन लागि पर्ने अवधारणा पेश गरेका…

Read More

भद्रपुर, १५ पुस । नेपाल कानून व्यवसायी परिषद भेला तथा कानून व्यवसायी आचार संहिता सम्बन्धि एक दिने प्रशिक्षण भद्रपुरमा सम्पन्न भएको छ । परिषदका संयोजक प्रेमप्रसाद पोखरेलको अध्यक्षता तथा महान्यायाधिवक्ता डा. दिलमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रदेश १ का १४ जिल्लाका कानून व्यवसायी, सरकारी वकिल तथा प्रहरीका अनुसन्धान अधिकारीको सहभागितामा प्रशिक्षण सम्पन्न भएको हो । झापा बारका अध्यक्ष हरि अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बार परिषदका सदस्य डा. चन्द्रकान्त ज्ञावलीले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान ऐन, कानून तथा पेशागत आचरण बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी कानून व्यवसायीहरूले आचार संहिता पालनामा बार परिषदका उपल्ला तहमा समस्या देखिएको भन्दै…

Read More

झापा, १५ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान चाड तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारको अवसरमा उहाँले प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्नुभएको हो । उहाँले हस्ताक्षर गर्नुभएको शुभकामना सन्देशमा ‘तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा…

Read More