
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ४ माघ । झापाको हल्दिबारी गाउँपालिकामा एक दिने आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा गाउँपालिकाभित्र रहेका महिला स्वयम्सेविकासहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. अनिलकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत गर्नुहुँदै केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई आयुर्वेद सेवा जानकारी, आहार–विहार, स्थानीय जडिबुटीको प्रयोग र फाइदाबारे जानकारी दिइएको छ । हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाको विशेष आतिथ्य रहेको कार्यक्रममा योगको फाइदाबारे जानकारी…
बिराटनगर, ४ माघ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । गृह मन्त्रालयको पुस २९ गतेको निर्णयानुसार साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आजै कार्यभार सम्हाल्नु भएको हो । बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । त्यसैगरी उहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी…
फोहोर व्यवस्थापनबारे नगरबासीमा बिर्तामोड नगरपालिकाको अनुरोध
काठमाडौं,४ माघ। अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र मन्दीमा जाने देखिएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र – अबको बाटो विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सन् २००८ मा विश्वमा आर्थिक मन्दी देखिएको थियो । सन् २०२३ देखि नीतिगत समन्वय गर्न नसक्ने हो भने अर्थतन्तन्त्र झनै तल खस्किने अवस्था देखिएको उनले बताए । ‘विश्व अर्थतन्त्रको वृद्धिदर १।७ प्रतिशतको अनुमान कम मानिन्छ, अन्तर्राष्ट्रिय मुद्रा कोषको ताजा अध्यावधिक अनुमान आउँछ । त्यो हेरेर थप विश्लेषण गर्न सकिन्छ,’ उनले भने, ‘भारतको अवस्था अलि राम्रो छ । विकसित मुलुकमा मूल्यवृद्धि पेचिलो बन्दै गएको छ । कोभिड–१९ र रसिया–युक्रेनको…
झापा, ४ माघ । माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ। अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ। तर, सोमबारबाट…
झापा, ४ माघ । आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको छ । कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि केन्द्रले रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै स्थानीय तह र जिल्ला समन्वय…
महोत्तरी, ४ माघ । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप९महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन् । पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जङ्गलमा पुर्याएर सिआइडीको…
बिर्तामोड नगरपालिकाको इन्टरनेट केवल तथा टि.भी केवल तार व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचना !
झापा, ४ माघ । झापा गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । गापाको शिक्षा शाखाले ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई साइकल वितरण गरेको हो । डिल्लीराज माविका १७० जना, कुवाडीदेवी माविका ५८ जना, महेन्द्र माविका ३३ जना , जनता माविका १११ र जनकल्याण माविका ४२ गरी ४१४ जना रहेका छन् ।
कनकाई, ४ माघ । झापाको सुरुङ्गामा प्रदेश नं. १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिका विजयी बनेको छ। सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणको रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेल दमक र भद्रपुर नगरपालिकाबीच भएको थियो । खेलमा दमकले २५–१५, २७–२५ र २८–२६ को सोझो सेटमै भद्रपुरलाई हराउँदै जीत हासिल गरेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए । दमक गत वर्षको उपाधि विजेता हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार…