
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ मंसिर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी, हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारै…
सविता पाण्डे इलाम, १३ मंसिर । इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम नगरपालिका ९ गोलबस्ती बस्ने २६ बर्षका डेविट थापा मगर र माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम बजार बस्ने १८ बर्षका छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनु भएको छ । करीब ३ बजे मेचिराजमार्गको इलाम नगरपालिका ९ भञ्ज्याङ गोलाईमा झापाबाट इलाम तर्फ आउदै गरेको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको स्कुटर दुर्घटना भएको थियोे । १-०१-००१ ख ४१०१ न.को ट्रक र प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा…
सुनसरी, ११ मंसिर । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–३ का २९ बर्षीय विजय लिम्वु, इटहरी–५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ बर्षीय आभाष कार्की, इटहरी–४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी–४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन । घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा…
जकार्ता, ११ मङ्सिर । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६।६(परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण ९युएसजिएस०ले जनाएको छ । युएसजिएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११स्५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा” नभएको बताएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बिएमकेजी)ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ । इन्डोनेसिया, दक्षिणपूर्व एसियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित…
वासिङ्टन, ११ मङ्सिर । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गर्नु भएको छ । राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिकरूपमा संवेदनशील मुद्दालाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ । ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उहाँले दाबी गर्नुभयो । सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी…
झापा, ११ मंसिर । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार दुई सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
झापा, ११ मंसिर । झापाको बाह्रदशीमा अवैध रुपमा गाँजा खेती गर्ने गरेको पाइएको छ । दक्षिणी सीमावर्ती क्षेत्रमा लुकिछिपी ठुलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको भेटिएको हो । बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि प्रहरीले नष्ट गरेको छ । बुधवार दिउँसो साढे २ बजे खाडी बस्तीमा गाँजा खेती गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमान्डमा ७ जनाको टोली खटिएर गाँजाका २१२ बोट फडानी गरी नष्ट गरेको हो ।
काठमाडौँ, ९ मंसिर । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायत आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई उनीहरुले उक्त मागपत्र बुझाएको बताइन् । सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ । आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल…
चितवन, ९ मंसिर । ग्यास बुलेटको ठक्करबाट मंगलबार चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो । भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएहो हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छद्द्…
विराटनगर, ९ मंसिर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी–५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगरसहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–४ का दिलिप कुमार माझी र उनको श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन…