झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ मंसिर । झापाको दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक–८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन । भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपि बसेको भन्ने बिशेष सुचनाको आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्यूरो…

Read More

झापा, ९ मंसिर । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय १५ रुपैयाँ थियो ।

Read More

एजेन्सी, ८ मंसिर । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दै हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी अन्य ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । वर्षदिनअघि भएको युद्धविराम उल्लंघन गर्दै इजरायलले बेरुतमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाई मारिएको पुष्टि गरेको छ । पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरी चर्कने संकेत देखिएको खबरमा उल्लेख छ ।

Read More

सुर्खेत, ८ मंसिर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार जङ्गलको रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । उनीहरूको पहिचान भने खुल्न सकेको छैन । मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । उनीहरूको नाम, थर र ठेगाना भने हालसम्म खुल्न नसकेको शाहीले बताए । घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण…

Read More

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ । डा डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ ।…

Read More

झापा, ७ मंसिर । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन…

Read More

इटहरी, ७ मंसिर । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । उनले गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए । एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि…

Read More

झापा, ६ मंसिर । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए । घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले…

Read More

झापा, ६ मंसिर । झापाको अर्जुनधारामा आगलागीबाट १० वटा खसी बाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । गएराति ११ः३० बजे अर्जुनधारा –१० चोथाई बस्ने बलबहादुर दाहालको गाई गोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको हो । आगलागीबाट गोठमा रहेका १० वटा खसी बाख्रा र ५० वटा बोईलर कुखुरासहित गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी १३ लाख २५ हजार बराबरको क्षति भएको छ । बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान २ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगो निभाउने क्रममा दाहालकी…

Read More

काठमाण्डौ, ६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए । कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए । कर्णालीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको…

Read More